site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारविरुद्ध अदालत जाने कांग्रेसको तयारी

काठमाडौँ । सरकारले एकलौटी रुपमा संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अदालत जाने तयारीमा छ । संसद्को प्रमुख प्रतिपक्षी दलसँग परामर्श नगरी संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेपछि रुष्ट बनेको कांग्रेस आफ्नो पार्टी निकट कानुन व्यवसायीहरुसँग परामर्श गरिरहेको छ । 

डेमोक्रेटिक लयर्स एसोसिएशनका अध्यक्ष योगेन्द्र अधिकारीले सोमबार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सरकारको एकलौटी निर्णय विरुद्ध कसरी अलादतको ढोका ढक्ढक्याउन सकिन्छ भनेर कानुनी अवस्थाबारे ब्रिफ गरेका छन् । 

Dabur Nepal

माघ ६ गते बसेको संवैधानिक परिषद्ले राष्ट्रिय प्रकृति तथा वित्त आयोगको प्रमुख आयुक्तमा बालानन्द पौडेललाई सिफारिस गरेको थियो । परिषद्ले राष्ट्रिय समावेशी आयोगको मुख्य आयुक्तमा शान्तराज सुवेदी (प्युठान), मधेसी आयोगमा डा. विजयकुमार दत्त (धनुषा), थारु आयोगमा विष्णुप्रसाद चौधरी (बर्दिया) र मुस्लिम आयोगमा समिम अन्सारी (काठमाडौं)लाई सिफारिस गरेको थियो । 

यसैबीच, नेपाल विद्यार्थी संघको म्यादबारे कांग्रेसको आजको बैठकले कुनै पनि निर्णय नगर्ने भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आजको वैठकले नेविसंघको म्याद थप वा भङ्ग गर्नेबारे कुनै पनि निर्णय नलिने जानकारी दिए । 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०७५  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro