site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फुल्चोकीको जंगलमा कसरी हराउँछन् आन्तरिक पर्यटक ? प्रहरी भन्छ – खतरै खतरा छ
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकाबासी हिउँ खेल्न भनेपछि हुरुक्कै हुन्छन् । त्यसैले त शीतयाममा काठमाडौं उपत्यकाभित्र पानी पर्न थाल्नेबित्तिकै उपत्यकाबासी हुर्रिदै हिउँ खेल्न फुल्चोकी र चन्द्रागिरी हानिइहाल्छन् । बुधबार बिहानैबाट पानी परेपछि फुल्चोकी जानेहरुको भीड लागेको थियो । फुल्चोकी जान हिँडेका आन्तरिक पर्यटक सवारी जामका कारण बीच बाटोबाटै फिर्ता हुन बाध्य भए ।

तर, फुल्चोकी गन्तव्य बनाउनेहरूमध्ये कति उतै हराउँछन् । मुस्किल हुन्छ फेला पार्न । गतवर्ष यस्तै नियति फेला परे जोन तामाङ । झम्सीखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत विद्यार्थी तामाङ विद्यालयका अन्य छात्रछात्रासँगै फुलचोकी हाइकिङ गएका थिए । अरु सकुशल फर्किए । तर, उनीचाहिँ समाचार बने, हराएका ।

जोन तामाङ सात दिनपछि त फेला परे । तर उनी कहाँ, कसरी छलिएर र अभिभावकको सम्पर्कमा आएनन् भनेर कसैले पत्तै पाएन । जोन तामाङको मिसिङको कथामा पूर्णबिराम लागे पनि फुलचोकीमा हराउनेहरूको सिलसिला टुंगिएको छैन । बाडेगाउँका प्रहरी निरीक्षक श्याम कटुवालका अनुसार गत पुसदेखि माघसम्मको अवधिमामात्रै २३ जना फुलचोकीमा हराए ।

KFC Island Ad
NIC Asia

तर, प्रहरीको खोजतलासका कारण ती सबै फेला परे । तर, शीतयाम शुरू हुनेबित्तिकै फुलचोकीमा हिउँ खेल्न जानेको भीडले प्रहरीले सास्ती खेपिरहेका छन् । बुधबार मात्रै फुल्चोकीमा हिउँ खेल्न भन्दै ६ हजार बढी व्यक्ति प्रवेश गरेको प्रहरी अनुमान छ । झन्डै तीन किलोमिटर जाम खुलाउन प्रहरीलाई दिनभरजसो हैरान भयो ।

किन जान्छन् फुलचोकी ?
काठमाडौं उपत्यकाको अग्लो डाँडा हो फुल्चोकी । फुल्चोकीमा प्रायः हिउँदको समयमा हिउँ खेल्न र अन्य समयमा प्राकृतिक सौन्दर्यसँगै डाँडाबाट काठमाडौं नियाल्नु हो । 
फुल्चोकीमा सयौं प्रजातीका चरा, चितुवा, बँदेल लगायतका जंगली जनावर पनि छन् । माईको मन्दिर पनि छ । यही प्राकृतिक सौन्दर्यले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गरेपनि सानो असावधानीका कारण फुल्चोकीको जंगलमा हराउनेहरुको संख्या पनि त्यत्तिकै छ । 
महानगरीय प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरक्षक श्याम कटुवालका अनुसार पुसदेखि माघसम्म पछिल्लो एक महिनाको अवधीमा मात्रै २३ जना फुलचोकीमा हराए । 

Royal Enfield Island Ad

प्रहरीको सक्रियताले सबैको सकुशल उद्धार भने भयो । कटुवालका अनुसार फुल्चोकीमा २०७१ मा एकजना हराएपछि मृत अवस्थामा फेला परेका थिए । गत पुस २८ गते ८–८ जनाको छुट्टाछुट्टै समुह फुल्चोकीमा हराएको थियो । प्रहरीका अनुसार उनीहरुलाई  खोज्न ७ वटा प्रहरी टोली परिचालन गरिएको थियो । उनीहरुलाई जंगलको खोंचबाट बेलुकी करिब सात बजे उद्धार गरिएको  थियो । हराउनेमा १२ जना युवा र ४ जना युवती थिए । माघ ५ गते स्याङ्जाका साजन अधिकारी हराए । प्रहरीका अनुसार अधिकारी फुल्चोकी पुगेर फर्किने क्रममा धेरैजना हराए । 

उनले त्यहीँबाट प्रहरीलाई खबर गरे । प्रहरीलाई खबर गरेपछि ४ घण्टापछि प्रहरीको टोलीले उनको उद्धार गर्यो । प्रहरी निरीक्षक कटुवालका अनुसार माघ ६ गते ३ जना हराए । हराउनेमा नुवाकोट घर भइ नयाँबजार काठमाडौं बस्दै आएकी १८ वर्षिया मल्लिका तामाङ, १७ वर्षीया मुस्कान तामाङ र महोत्तरी घर भइ क्षेत्रपाटी बस्ने अभिलेख प्रसाद साह थिए । उनीहरुको गोदावरीबाट ९ किलोमिटर टाढा पूर्वदक्षिण फुल्चोकी जंगलको खोंचबाट उद्धार गरिएको थियो । अन्य ३ जना पनि फुलचोकीमा हराएका थिए । 

\"\"
हराएका मल्लिका, मुस्कान र अभिलेख प्रहरीले उद्धार गरेपछि । 


कसरी हराउँछन् पर्यटक ? 

प्रहरीले फुल्चोकी जानेहरुका लागि निश्चित समयमा मात्रै प्रवेश दिने गरेको छ । प्रहरी निरीक्षक कटुवालका अनुसार मोटरसाइकल र अन्य सवारी साधनमा जानेलाई २ बजेपछि प्रवेश निषेध छ भने पैदल जानेहरुलाई १२ बजेपछि । पैदल यात्रुलाई गोदावरी बसपार्कबाट कम्तीमा ३ घण्टा हिँड्नुपर्छ । आउनेजाने समय मात्रै जोड्दा ५ देखि ६ घण्टा लाग्छ ।

\"\"

किन हराउँछ त पर्यटक ? प्रहरी निरीक्षक कुटवाल भन्छन्,‘‘फुल्चोकी गएर लामो समय बिताउँछन् । फर्किँदा अबेर भैसक्छ  । त्यसपछि छोटो बाटो खोज्ने लहडमा बाटै बिराउँछन् ।’’
‘‘ठाउँठाउँमा नक्सा तथा र सचेतनामूलक सूचना राखेका छौं । खतरा लेखिएको बोर्ड पनि छ । तर कतिपयले त्यसको वास्ता गर्दैनन् वा टेर्दैनन् । एक ठाउँमा चौबाटो छ । त्यो चौबाटो खानीगाँउ काभ्रे, लाकुरी भञ्ज्याङ, चापाखर्क र अर्को गोदावरी पुगिन्छ । सबैभन्दा बढी अलमल यहीँ हुन्छन् । छिटो फर्किन यहाँबाट छोटो बाटो खोज्दा हराउँछन्,’’ प्रहरी निरीक्षक कटुवालले बाह्रखरीसँग भने“बाटो बिराउँदा ज्यानै जोखिममा पर्नसक्ने सम्भावना पनि रहन्छ । जंगली जनावरको खतरा पनि छ ।” 

\"\"


हराएकाहरुको खोजी गर्दै प्रहरी (तस्बिर)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०७५  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro