site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुद्ध एयरले १ अर्बमा किन्यो १२ औं जहाज 

काठमाडौं । निजी क्षेत्रका प्रमुख वायुसेवा कम्पनीमध्ये एक बुद्ध एयरले १ अर्ब रुपैयाँ लगानीमा अर्को एउटा जहाज खरिद गरेको छ । बुद्धले फ्रान्सेली जहाज निर्माता कम्पनी एटीआरसँग यो जहाज खरिद गर्न मंगलबार सम्झौता गरेको छ ।

बुद्धले ल्याउन लागेको यो उसको १२ औं जहाज हो । नयाँ जहाज आगामी फागुन तेस्रो साता (१७ देखि २३ गते) भित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।  बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटीआर ७२–५००’ सिरिजको अर्को एकथान जहाज खरिद गरेको हो । बुद्धसँग हाल यही सिरिजका ६ थान जहाज सञ्चालन गरिरहेको छ । 

“हाम्रो कम्पनीको बाह्रौं तथा ७२ सिटे एटीआर७२–५०० सिरिजको सातौं जहाज खरिद गर्न १ अर्ब रुपैयाँ लगानी गरेका छौं,” बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतल मंगलबार बाह्रखरीसँग भने, “नयाँ जहाज आगामी फागुन तेस्रो साताभित्र काठमाडौं ल्याइसक्छौं ।”

बुद्धले ७२ सिटे सातौं एटीआर ७२–५०० जहाज ल्याएपछि उडान संख्या बढाउने योजना बनाएको छ । कम्पनीले हाल दैनिक तीन दर्जनभन्दा बढी उडान गरिरहेको छ । नयाँ जहाज आएपछि विराटनगर, भैरहवा र नेपालगन्जका लागि एक–एक उडान थप्ने प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए । 

उनका अनुसार १२ औं जहाज आएपछि काठमाडौंबाट विराटनगरका लागि दैनिक ६, भैरहवा ५ र नेपालगन्जका लागि ३ उडान सञ्चालन गरिनेछन् । अर्को गन्तव्य राजविराज उडानको तयारी पनि भइरहेको छ । नेपाल आयल निगमले राजविराज विमानस्थलमा इन्धन भर्ने सुविधा उपलब्ध गराए उडान सुरु गरिने छ । 

“नयाँ आउने जहाजले विराटनगर उडान गर्न थालेपछि राति उतै बस्ने छ,” बस्नेतले भने, “हाम्रो बाह्रौं जहाज भएका कारण नियमअनुसार त्रिभुवन विमानस्थलमा राति राख्न मिल्दैन । सम्भवतः फागुन अन्तिम सातादेखि नयाँ जहाजले नियमित व्यापारिक उडान सुरु गर्ने छ ।”

नयाँ जहाज थपिएपछि कम्पनीको उडान विश्वसनियता अझै बढ्ने र यात्रुले सरल भाडा दरमा सहज तरिकाले उडान गर्न पाउने बस्नेतको भनाइ छ । ‘ब्रान्ड न्यु’ (नयाँ) खरिद गर्दा २ अर्ब २५ करोड रुपैयाँहाराहारी पर्ने भएका कारण केही वर्ष उडेको जहाज १ अर्ब रुपैयाँमा खरिद गरिएको बस्नेतले बताए । मुलुकको हवाई नीतिमा १५ वर्षभन्दा पुरानो जहाज ल्याएर उडान गर्न नपाइने उल्लेख छ ।  

नेपालबाट २ घन्टा ३० मिनेट दूरीमा पर्ने सम्पूर्ण गन्तव्यमा ‘टर्बोप्रप’ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न बुद्धले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पहिले नै अनुमति पाएको हो । कम्पनीको अन्तर्राष्ट्रिय उडान लाइसेन्स अद्यावधिक छ । 

दुई दशकभन्दा बढी अवधिदेखि आन्तरिक उडानसँगै भारतको बनारसका लागि नियमित उडान गर्दै आएको बुद्धले आन्तरिक उडानतर्फ ६० प्रतिशतभन्दा बढी  बजार हिस्सा ओगटेको छ । कम्पनीमा हाल १ हजार कर्मचारी काम गर्छन् । बुद्धले सन् २०१८ मा २०१८ मा १४ लाख ५ हजार १ सय ६१ यात्रुलाई गन्तव्य पु¥याएको थियो । यो संख्या अघिल्लो वर्ष २०१७ मा १३ लाख १४ हजार ८ सय ६७  पुगेको थियो । २०१६ मा १० लाख १६ हजार ६ सय ३३, २०१५ मा ७ लाख ४६ हजार १ सय ९७ र २०१४ मा ७ लाख ४९ हजार ८४ यात्रु बोकेको थियो ।
बुद्धसँग हाल फ्रान्सको एटीआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका ६ थान ‘एटीआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटीआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन् । 

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ ।

बुद्धले सन् २०२१ अगस्ट १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गत वर्ष नै गरेको थियो । अन्तर्राष्ट्रिय उडान भने पब्लिक कम्पनीमार्फत गर्ने र यसका लागि ३० प्रतिशत सेयर आफू लिएर बाँकी ७० प्रतिशत पब्लिकलाई दिने योजना उसको छ । 

पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनासाथ अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तथा त्यहाँबाट पहिलो चरणमा भारत र चीनका केही सहरमा उडान गर्ने बुद्धको तयारी छ । बुद्धले अमेरिकी जहाज निर्माता कम्पनीमा निर्मित ‘बोइङ ७३७ म्याक्स’ सिरिजका जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro