site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘म्यारिजलाई बौद्धिक मनोरञ्जनात्मक खेल भन्ने पत्रकारको शब्द हो, फैसलाको होइन’

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा संवैधानिक परिषदले सिफारिस गरेका वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले उनलाई अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले यसको जानकारी आजै सम्बन्धित निकायमा पठाइने बताए ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि उनलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक प्रावधान छ । सुनुवाइका क्रममा सांसदहरुले राखेको जिज्ञासाको उनले उत्तर दिएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वीरगञ्जको छप्कैया पोखरीको फैसला सम्बन्धी विषयमा उनले दिएको प्रतिक्रिया यस्तो थियो, “उजुरीभन्दा अगाडि यो जग्गाको दर्ताको विषयलाई लिएर त्यो जग्गा साविकमा फिल्डबुकमा जनाइएको छ । नापीमा उहाँको नाममा जनाइएको छ । उहाँको साविकस्रेस्ता छ, उहाँको तिरो छ, त्यही आधारमा नापी कार्यालयले उहाँको नाममा दर्ता गरिदिएको छ । अनि त्यो दर्तालाई लिएर साविक नगर पञ्चायतले सार्वजनिक हो भनेर उजुरी गरेको छ । त्यस पछाडि गएर जिल्ला अदालतले हद म्यादको आधारमा खारेज गर्यो । पुनरावेदन अदालतले सदर गर्यो । त्यस पछाडि दोहोर्याइ पाउ भनेर उहाँ आउनुभयो । त्यस पछाडि दोहोर्याउनु नपर्ने भएर अन्तिम विषयबस्तु भइसकेको थियो । मुद्दाको विषय बस्तुमा एक चोटी हद म्याद र हकदियाको आधारमा अन्तिम भनेर सर्वोच्च अदालतसम्मबाट निर्णय भइसकेपछाडि त्यसे विषयमा त्यही फिराक पत्रमा दाबी गरिएका लिइएका कागज प्रमाणका आधारमा फेरि दोस्रो मुद्दा पर्यो । जिल्ला अदालतले सार्वजनिक जग्गा कायम गर्यो । पुनरावेदनले सार्वजनिक कायम गर्यो । तर सर्वोच्च अदालतमा आए पछाडि अनितमताको सिद्धान्त र त्यस पछाडि पहिला नै मुद्दा गरिसकेको हदम्यादको आधारबाट खारेज भइसकेको आधारलाई लिएर छप्कैया पोखरीको जग्गाको मुद्दालाई उल्टी गरिएको हो । यसमा कानुन र प्रमाणको विषयमा अलिकति पनि चुक भएको छैन् । सार्वजनिक जग्गालाई व्यक्तिका नाममा गर्ने गरी फैसला आएको कदापी होइन । दोहोराएर आएको मुद्दाको आधारबाट, त्यही प्रमणलाई लिएर दोहोर्याएर आएको हुनाले यो मुद्दालाई दाबी नपुग्ने भनेर गरिएको हो । यसमा मेरो कुनै पनि बद्नियत र अपचलन छैन ।”

त्यस्तै प्रेरणा शाहको दाइजो सम्बन्धमा उनले जग्गा दाइजोमा पाएको कुराको कुनै विवाद नरहेको प्रष्ट पारेका छन् ।

“प्रेरणा राज्यलक्ष्मी देवी शाहले यो जग्गा दाइजोमा पाएको कुराको कुनै विवाद थिएन । यो जग्गा तत्कालीन श्री ५ महाराजधिराको नाममा दर्ता भएर उहाँलाई दाइजोको रुपमा दिइसकेको अवस्था थियो । तत्पश्चात बनेको कानुनले स्वर्गीय वीरेन्द्रका नाममा रहेको जग्गा सबै ट्रस्टको नाममा जाने किसिमको कानुनी व्यवस्था गरेको हो । तर यो कानुन आउनुभन्दा अगाडि नै श्री ५ महाराजधिराजको नाममा गएर प्रेरणा राज्यलक्ष्मीलाई दाइजोमा दिएको भन्ने विषयको आधारबाट यसमा फैसला गरिएको हो । त्यसको अलावा यसमा अव पूर्ण इजलासबाट मसहितको इजलासबाट भएको फैसलालाई बदर भएर यसको निकास भैसकाय हुनाले म थप यसमा गइनँ ।”

उनले म्यारिज खेल जुवाको परिभाषाभित्र पर्ने देखिएन भन्नेसम्मको फैसलाको गलत तरिकाले विश्लेषण भएको बताए ।

“जुवा भन्ने कुरालाई जुवा ऐनको २० को २ को परिभाषामा पैसाको बाजी थापेर संजोगको आधारमा खेलिने खेललाई राखिएको थियो,” उनले भने, “न्यायाधीशले कानुनको ब्याख्या गर्ने हो । त्यो ब्याख्या गर्दा मसहितको इजलासबाट तासको म्यारिज गेम जुवाको परिभाषा भित्र पर्ने देखिएन भन्ने सम्म भएको हो । त्यो तासको म्यारिज गेमलाई तासको वौद्धिक मनोरञ्जनात्मक खेल हो भन्ने कुरो पत्रकारहरुको शब्द हो यो फैसलाको शब्द होइन । फैसलामा कहिँ पनि यो वौद्धिक र मनोरञ्जनात्मक खेल हो भन्ने कुरो उल्लेख छैन ।”


 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०७५  १६:१२
प्रतिक्रिया दिनुहोस्