site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवा–पौडेल सम्बन्ध : बोलचाल बन्ददेखि ‘डिप लभ’सम्म !
SkywellSkywell

काठमाडौं । मंसिर २९ गते नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन समारोहमा उपसभापति विजयकुमार गच्छदारले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई एकसाथ हात उचालेर कार्यकर्तामाझ एकताको सन्देश दिन आग्रह गरे । देउवा र पौडेलले वास्ता गरेनन् । गच्छदारले अत्ति नै कर गरेपछि सभापति देउवाले उठेर हात हल्लाए । एकसाथ उठेर हात उचाल्न गच्छदारले गरेको आग्रहलाई पौडेलले बेवास्ता गरे । उनी उठ्नै मानेनन् । गच्छदारले फेरि कर गरेपछि पौडेल एक्लै उठेर हाल हल्लाए । 
गच्छदारको आग्रहसँगै महासमिति सदस्यहरुले पनि एकताको सन्देशका लागि आग्रह गरे । तैपनि नेताहरु उठेनन् । अन्ततः उपसभापति विमलेन्द्र निधिले देउवा र पौडेललाई हात समातेरै उठाए । अनिमात्रै दुवै नेताले एकै समयमा उठेर हात माथि उचालेर एकताको सन्देश दिन खोजे । 

एकताको सन्देश दिन हात उचाले पनि गच्छदारपछि उद्घाटन समारोहमा बोलेका नेता पौडेलले हात उचालेर एकता हुनेमा आफू विश्वस्त नभएको स्पष्ट पार्न खोजे । ‘‘हात उचालेर एकता हुँदैन । एकता सच्चा र ठोस हुनुपर्छ । एकता कमजोरी हटाउनेतर्फ उन्मुख हुनुपर्छ । एकतावद्ध हुन एकताका आधारहरु खोज्नुपर्छ । न्याय, निष्पक्षता र पारदर्शिताबाट अगाडि जानुपर्छ,’’ उनले भने । 

महासमिति बैठक शुरु भएको तीन दिनपछि सोमबार बन्दसत्र चलिरहेको बैठकस्थलको मञ्चमा रहेको सोफामा सभापति देउवा बसेका थिए । उनको दायाँपट्टी पौडेल थिए । बैठक शुरु भएको झण्डै डेढ घण्टासम्म दुवै नेताले एक–अर्काको अनुहारसमेत हेरेनन् । 

KFC Island Ad
NIC Asia

देउवाको ठिक पछाडि बसेका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना यो दृष्य नियालिरहेका थिए । उनलाई दुई नेताहरुले एक–अर्काको अनुहारसम्म नहेरेको दृष्य हेरिरहँदा थकथक लाग्यो र पछाडिबाट दुवैको मध्य भागबाट भने, ‘‘यत्रा नेता–कार्यकर्ताहरु हेरिरहनुभएको छ । विभिन्न माध्यमहरुबाट अन्तर्राष्ट्रिय जगतले पनि महासमिति बैठक नियालिरहेको छ । तपाईंहरुले यसरी बसिरहेको देख्दा के म्यासेज जान्छ ? कम्तीमा बोलचाल त गर्नुस् । हाँस्नुस् मनमा जेसुकै भए पनि ।’’

देउवाले आफू र वरिष्ठ नेता पौडेलका बीचमा सहमति जुटाउनका लागि भूमिका निर्वाह गर्ने जिम्मा केन्द्रीय सदस्य ढुंगानालाई नै सुम्पे, ‘‘ल, तपाईं नै हाम्रो बीचमा सहमति गराइदिनुस् ।’’

Royal Enfield Island Ad

पुस ८ गते बेलुकी पार्टी कार्यालय सानेपामा महासमितिको समापन समारोह सुरु हुँदै थियो । प्रवक्ता विश्वप्रकाश शर्मा महासमिति बैठक ऐतिहासिक रुपमा सम्पन्न भएको र अब कांग्रेसमा नवीन ढंगले नवीन ऊर्जाको रक्तसञ्चार हुन्छ भनेर दोहोर्याइ रहेका थिए । उनले यसो भनिरहँदा मञ्चको ठिक अगाडि, दायाँ–बायाँ बसेका महासमिति सदस्यहरुको माझबाट तालीको गडगडाहट आइरहेको थियो ।  

मञ्चको पहिलो पंक्तिमा बसेका सभापति देउवा, उनको दाहिनेतर्फ छेउमै बसेका वरिष्ठ नेता पौडेल लगायतका नेताहरु हँसिला देखिन्थे । उद्घाटन समारोह र त्यसपछिका दिनमा एकअर्काको अनुहार नै नहेरेका दुवै नेताहरु समापन समारोहमा समय–समयमा कानेखुशीसमेत गरिरहेका देखिन्थे । उनीहरुबीचको कुराकानी र मुहारमा देखिएको कान्तिले अन्य नेता र महासमिति सदस्यहरुमा खुशी छाएको थियो ।   

समापन समारोहमा महासमिति सदस्यहरुलाई सम्बोधनका क्रममा हँसिलो मुद्रामा देखिएका सभापति देउवा ठट्ट्यौली पारामा प्रस्तुत भए । वरिष्ठ नेता पौडेलले आफूभन्दा अगाडि राखेको मन्तव्यका क्रममा भनेको ‘इमोशनल अट्याचमेन्ट’ सम्झिँदै उनले ठट्टा गरेका थिए ।

“रामचन्द्रजीले अट्याचमेन्टको कुरा गर्नुभयो, इमोशनल अट्याचमेन्ट । यो लभ गर्ने केटाकेटीले भन्ने गरेको सुनेको थिएँ । यहाँ उहाँले यसो भन्दा खुसी लाग्यो,’’ सभापति देउवाले भने, ‘‘डिप लभमा परेका केटाकेटीमा इमोशनल अट्याचमेन्ट हुन्छ । यहाँ पनि इमोशनल अट्याचमेन्टको कुरो सुन्दा खुशी लाग्यो मलाई । हाम्रो पार्टीभित्र पनि यस्तो हुनु राम्रो कुरा हो ।’’
समापन समारोहमा सभापति देउवा र आफूबीचको सम्बन्धललाई स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘‘पार्टी सञ्चालन गर्न एउटा महत्वपूर्ण तत्व चाहिन्छ, त्यो हो– ‘इमोशनल अट्याचमेन्ट । त्यसैले जतिसुुकै विमति र घोचपेच भए पनि हामीमा एक हुन इमोशनल अट्याचमेन्टले भूमिका खलिरहेको छ ।’’

देउवाभन्दा अगाडि पौडेलले पनि ठट्ट्यौली पारामा ‘‘कतिपयले महासमिति बैठकका क्रममा हामी दुवैलाई एउटै खाल्डोमा जाउन् भन्ने कुरा पनि आयो । विधान बनेपछि ति निरुत्तरित भएका छन् । अब पार्टीमा त्यस्तो केही छैन,” उनले हाँस्दै भने । वरिष्ठ नेता पौडेलले महासमिति सदस्यहरुलाई निर्देशन दिए, ‘‘फर्केर जाँदा एउटा सन्देश लिएर जानुस्– हामी सुध्रियौं, सुध्रिन्छौं र परिवर्तित हुन्छौं ।’’

समानपन समारोहमा पौडेलभन्दा अघि बोलेकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सभापति देउवाको खुलेरै प्रशंसा गरिन् । ‘‘धेरै चुनौती थियो । मानिसहरु चुनाव हुँदैन भन्दै थिए । कांग्रेस हार्छ भन्ने थाहा थियो । तर पनि शेरबहादुरजीले चुनाव गराउनुभयो,’’ उनले भनिन् ‘‘शेरबहादुरजीले पार्टी विधान बनाएर पनि राम्रो गर्नुभयो । राम्रोलाई राम्रो भन्न नडराऔं ।’’

नेतृ कोइरालाबाट प्रसंशा हुँदै गर्दा देउवा मञ्चमा मुसुमुसु हाँसिरहेका देखिन्थे । उनले पनि कोइरालाको प्रशंसाको पैंचो तिरे । ‘सुजाता कोइरालाजीले एकदमै महत्वपूर्ण कुरा भन्नुभएको छ’ भन्दै उनले नेतृ कोइरालाको पिता गिरिजाप्रसाद कोइरालाको पनि स्मरण गरे । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसले बेहोर्न परेको पराजयपछि ‘पार्टी हारे पनि देश जितेको छ, पार्टीभन्दा महत्वपूर्ण देश हो, देश जोगाउन पर्छ’ भनेको स्मरण गर्दै सभापति देउवाले गत निर्वाचनमा पार्टी हारे पनि संविधान, प्रजातन्त्र, संघीयता र समावेशीताको जीत भएको बताए । 

उद्घाटन समारोहमा सँगै उठेर हात हल्लाउन हच्किएका देउवा र पौडेलबीच नौ दिनसम्म चलेको महासमिति बैठक समापनमा पुग्दासम्म ‘डिप लभ’ नै पर्यो । समापन समारोहमा बोलेका तिनै नेताको भित्री आशय थियो– पार्टी अब एक ढिक्का भयो । नेताहरुका बीचमा कुनै मतमुटाव छैन ।

के साँच्चै अब कांग्रेस एकढिक्का भएको हो त ? महासमिति बैठक अगाडि सभापति देउवाले पार्टीमा एकलौटी गरेको दाबी गर्दै संस्थापन इतर समूहमा छरिएर रहेका नेताहरुलाई एकतावद्ध बनाउने अभियानमा लागेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी भन्छन्, ‘‘हो, अब कांग्रेस साँच्चै नै एक भएको छ । पार्टी अब तंग्रिएर संविधान, लोकतन्त्र, संघीयता, समावेशिता कार्यान्वयनका लागि एकतावद्ध भएर अगाडि बढ्छ ।’’

लामो समयसम्म चलेको छलफल–बहस पछि आएको सहमतिको दस्तावेजका रुपमा आएको विधानमा सबैका भावना नसमेटिएको भएपनि सर्वसम्मत निर्णय भएकाले छुटेका कुराहरु आगामी दिनमा समेटिने उनको भनाइ छ । ‘‘पार्टीमा देखिएको एकता नै महासमिति बैठकको उपलब्धि हो । अब सबैले अनुशासित भएर अहिलेको परिस्थितिमा दृढ भएर लाग्नुपर्छ,’’ नेता केसीले भने । 

महासमिति बैठकलाई मध्यनजर गर्दै ककनीमा जिल्ला सभापतिहरुको भेला गरेर देउवाको विपक्षमा उभिने जमात तयार पार्न भूमिका खेलेको आरोप लगाइएका नुवाकोट सभापति जगदीश्वरनरसिंह केसी पनि अब पार्टी एकतावद्ध ढंगले अगाडि बढ्नेमा विश्वस्त देखिन्छन् । 

दुवै नेताले समापन समारोहमा एकै स्वर बोलेपछि जिल्ला सभापतिहरु पार्टी साँच्चै नै एकतावद्ध भएर जानेमा ढुक्क देखिन्छन् । ‘‘नेताहरुले बोल्नुभएको छ । त्यो भन्दा बढी के चाहियो ?,’’ नुवाकोट सभापति केसीले भने, ‘‘विश्वास गर्नुपर्छ । विश्वासभन्दा ठूलो केही हुन्न ।’’ महासमिति बैठकमा सहमहामन्त्री र केसीका बीचमा हात हालाहालको अवस्था आएपछि सभापति देउवाले उनलाई बन्दसत्रमा पेस भएका प्रतिवेदनहरुमाथि कुनै पनि धारणा राख्न भने दिएका थिएनन् ।  

‘‘कांग्रेस पार्टी एक छ । जिवन्त पार्टीमा गुट त रहिरहन्छ । १३ औं महाधिवेशनमा तीन गुट स्पष्ट देखिएकै हो । आफूलाई भोट दिनेलाई नेताहरुले संरक्षण गर्न खोज्दा गुट देखिएका हुन्,’’ नुवाकोट सभापति केसीले बाह्रखरीसँग भने, ‘‘हाम्रो सिद्धान्त, आदर्श, चुनाव चिन्ह सबै एक हो । त्यसकारण अब हामी एक छौं । एक भएर जान्छौं ।’’   

कांग्रेस सभापति देउवा निकट मानिँदै आएका केन्द्रीय सदस्य बीरबहादुर बलायर पनि महासमिति बैठकपछि पार्टीमा एकताको नयाँ तरंग आएको बताउँछन् । ‘‘लामो छलफलपछि सबैलाई समेट्ने गरी पार्टीको विधान आएको छ । यो एकदमै सकारात्मक कुरा हो । अब कांग्रेस पार्टी एकतावद्ध ढंगले संगठन विस्तारमा लाग्छ,’’ बलायरले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०७५  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro