site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्डः ९ हजार \'कलडिटेल\' हेर्नेदेखि \'पेचकस\' समूहको निगरानीसम्म
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्मला पन्त हत्याकाण्डको अनुसन्धान जारी छ । तर, हत्याराको पहिचान हुन सकेको छैन । प्रहरीले अनुसन्धानका लागि दुई युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । केन्द्रमा अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान व्युरोले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सिआइबीका डिएसपी नेतृत्वमा ८ जनाको विशेष टोलीले पनि कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको छ । सुरुवाती चरणमा तत्कालीन प्रहरी नेतृत्व र अनुसन्धान टोलीबाट अनुसन्धानमा भएको कमजोरीका कारण अनुसन्धानमा जटिलता थपिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । झण्डै ५ महिना बित्न लाग्दा प्रहरीले अनुसन्धानको दायरा साँघुरो पारिँदै लगिएको बताउँदै आएको छ । तर, मुख्य अभियुक्तको पहिचान भने हुन सकेको छैन ।
पछिल्लो ५ महिनामा प्रहरीले अनुसन्धानका क्रममा के–के गर्यो त ? 

Prabhu Bank
Agni Group
NIC Asia

९ हजार ‘कल’को अध्ययन, ६ सय ५० सँग बयान
प्रहरीले अनुसन्धानका क्रममा ९ हजारभन्दा बढी ‘कल डिटेल’ हेरेको पाइएको छ । स्रोतका अनुसार शंकास्पद ९ हजार बढी कलको ‘सिडिआर एनालाइसिस’ गरिएको हो । कल डिटेल हेरेर त्यसबाट केही व्यक्तिहरुलाई सोधपुछका लागि पनि बोलाइएको थियो । ‘‘अनुसन्धानका क्रममा घटनास्थल वरिपरिका बुझ्ने, जान्ने व्यक्ति तथा शंकास्पदहरुसँग सोधपुछ गर्ने र कागज गराउने काम भएको छ । यसबाहेक ५०० जनासँग सामान्य सोधपुछ मात्र गर्यौं भने १ सय ५० जनासँग कागज गरिएको छ । उनीहरु निगरानीमै छन्,’’ स्रोतले भन्यो ।

शंकास्पदको डीएनए परीक्षणसँगै निर्मला साउन १० गते गएको भनिएको साथी रोशनी बमकी दिदी बबिता बमको पोलिग्राफसमेत गरिएको छ । योबाहेक शंकास्पद फेसबुक, इमो तथा भाइबर एकाउन्टमाथि अनुसन्धान गरिएको छ । 

Global Ime bank

‘पेचकस’ समूह निगरानी
प्रहरीले अनुसन्धानका क्रममा सयौंलाई निगरानीमा राखेको भएपनि आपराधिक कार्यमा संलग्न रहँदै आएको स्थानीय गुण्डाहरुको समूह ‘पेचकस’लाई विशेष निगरानीमा राखेर अनुसन्धान अगाडि बढाएको छ । पेचकस समूहमा ४ जना छन् । प्रहरीका अनुसार ३ जना चन्द थरका र एकजना पाल थरका युवा ‘पेचकस’ समूहमा छन् । उनीहरुले निर्मलाको शव भेटिएको स्थान तथा खोला किनार क्षेत्रमा विभिन्न समयमा लागुऔषध सेवन गर्ने गरेको पाइएको छ ।

बाह्रखरीलाई प्राप्त एक रिपोर्टमा भनिएको छ, ‘‘पेचकस समूहका बल्छी भनेर चिनिने अनिल चन्दले गत भदौ–असोज महिनामा निर्मलाको शव भेटिएकै स्थान नजिकै खुकुरी देखाएर एक १३–१४ वर्षीया किशोरीलाई कपडा खोल्न लगाएका थिए । चन्दले पूरै कपडा खोल्न कर गरेपछि किशोरी चिच्याएकी थिइन् र चन्द भागेका थिए ।’’ त्यतिबेला किशोरी नचिच्याएको भए अर्को अप्रिय घटना घट्नसक्ने प्रहरीको निष्कर्ष छ । स्थानीयका अनुसार ‘पेचकस’ समूह निर्मला प्रकरणमा जोडिएको भएपनि–नभएपनि गुण्डागर्दी र लागुऔषध दुर्व्यसनीमा संलग्न गिरोह भने हो । 

एक अपरिचित ‘ग्याङ’को खोजी
पक्राउ परेका दुई युवा प्रदीप रावल र विशाल चौधरीको बारेमा प्रहरीले पछिल्लो समय केही बताएको छैन । स्रोतका अनुसार रावल र चौधरीको डीएनए निर्मलाको ‘स्वाब’सँग मेल खाएको छैन । उनीहरुले बलात्कारपछि निर्मलाको हत्या गरेको बयान प्रहरीमा दिएका छन् । प्रदीप यसअघि पनि अनुुसन्धानका लागि पक्राउ परेर छाडिएका थिए भने विशालको नाम पछि जोडिएको हो । उनीहरुले अपराध स्वीकार गरेको र घटनास्थलबारे उनीहरुले दिएको बयान मिलेका कारण थप प्रमाण संकलनमा प्रहरी जुटेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । ‘‘डीएनए नै अन्तिम प्रमाण हुँदैन । अन्य कुराहरु पनि हुन्छन् । अनुसन्धान अझै जारी छ,’’ एक उच्च प्रहरी अधिकृतले भने । 

उनीहरुमाथि अनुसन्धान जारी रहेपनि प्रहरीले एक अपरिचित ‘ग्याङ’को खोजी गरिरहेको छ । स्रोतका अनुसार गत असार १० गते निर्मलाको साइकल भेटिएको स्थानमा एक अपरिचित युवाले स्थानीय एक महिलालाई आफ्नो गुप्ताङ्ग देखाउँदै दुर्व्यवहार गरेका थिए । झण्डै १ वर्षअघि पनि अर्का एक अपरिचित युवाले ‘पोर्न मुभी’को अश्लील आवाज निकालेर एक युवतीलाई आकर्षित गर्न खोजेका थिए । यस्तै ५–६ महिनाअघि पनि एक युवाले उखुबारी क्षेत्रमै एक महिलाको पिछा गरेका थिए । यो सबै गर्ने युवा एकै हुन् वा फरक–फरक भनेर प्रहरी पहिचानको खोजीमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०७५  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC