site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस महासमिति सदस्यको नाराबाजीः बैठक दुई घण्टाका लागि स्थगित

काठमाडौं । महासमिति सदस्यहरुको नाराबाजीपछि कांग्रेस महासमिति बैठक दुईघण्टाका लागि स्थगित भएको छ ।

महासमिति बैठक सुरु भएको केहीबेरमा सभापति शेरबहादुर देउवाले विधानको टुंगो लगाउन आफूहरु केन्द्रीय समितिको बैठक बस्न लागेको जानकारी गराउँदै उपसभापति विजयकुमार गच्छदारले बैठकको अध्यक्षता गर्ने प्रस्ताव गरेपछि हलमा नाराबाजी भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सदस्यहरुले अहिलेसम्म पनि विधानको मस्यौदा तयार पार्न नसकेको भन्दै नेतृत्वको चर्को आलोचना गरेको नुवाकोटका पूर्वसभापति ध्रुव अधिकारीले जानकारी दिए । उनले नाराबाजीपछि केन्द्रीय समितिको बैठकका लागि महासमिति बैठक दुईघण्टा स्थगित गरिएको जानकारी दिए ।

यसैबीच नेपाली कांग्रेसमा पदाधिकारी र निर्वाचन पद्धतिका विषयमा अझै पनि सहमति कायम हुन सकेको छैन ।

महासमिति बैठकमा पेस गर्न लागिएको विधान संशोधनको मस्यौदामा पदाधिकारी कति राख्ने र निर्वाचन पद्धति के हुने भन्ने विषयमा संस्थापन र इतर पक्षबीच सहमति कायम हुन नसकेको हो ।

कांग्रेस स्रोतका अनुसार पदाधिकारी ८ जना हुने विषयमा सहमति नजिक पुगेको भए पनि निर्वाचन पद्धति के हुने भन्ने विषयमा सहमति कायम हुन सकेको छैन । ८ पदाधिकारीमध्ये सभापति, उपसभापति–२, महामन्त्री –२, सहमहामन्त्री–२ र कोषाध्यक्ष राख्नेमा नजिक पुगेको एक नेताले बताए ।

केन्द्रीय समितिको बैठक अहिले केहीबेरपछि बस्नेछ । आइतबार सिंहदरबारमा भएका छुट्टाछुट्टै छलफलमा ८ पदाधिकारी राख्ने विषयको नजिक पुगेको भए पनि निर्वाचन पद्धतिमा फरक फरक मत देखिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, पुस २, २०७५  ११:०६
प्रतिक्रिया दिनुहोस्