site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाधिवेशनमा एकमत भएर जान नेतृत्वलाई जिल्ला सभापतिहरुको दबाब
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

ककनी (नुवाकोट) । नुवाकोटको ककनीमा भेला भएकका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीका शीर्ष नेताहरुलाई आशन्न महाधिवेशनमा एकमत भएर जानका लागि दबाब सिर्जना गर्ने बताएका छन् । पार्टीमा देखिएको गुटगत विवादलाई चुनौती दिने उद्देश्यले उनीहरु एकमत भएर जाने प्रयासका साथ अघि बढेको देखिएका हुन् । 
पार्टीका शीर्ष नेतृत्वलाई एक ढिक्का हुनका लागि सन्देश दिन आफूहरु प्रयासरत रहेको बैठकमा सहभागी जिल्ला सभापतिहरुले बताएका छन् । ‘‘पार्टीलाई महासमिति बैठकमा एक भएर जान दबाब दिनका लागि हामी यहाँबाट एउटै प्रस्ताव लिएर एकमतका साथ अघि बढ्ने प्रयासमा छौं,’’ कांग्रेस नवलपरासीका सभापति विष्णुप्रसाद लामिछानेले भने, ‘‘यसका लागि हामी हदैसम्मको लचकता अपनाउन तयार छौं ।’’
बैठकमा सहभागी सभापतिहरुले दिएका सुझाव संकलन गरेर एकीकृत मस्यौदा तयार पार्न १७ सदस्यीय समिति बनाइएको छ । समितिमा प्रत्येक प्रदेशबाट दुई–दुई जना र दुई महिला सभापति रहेका छन् । 
जिल्ला सभापतिहरुबाट आएका सुझाव समेटेर पार्टीलाई एक ढिक्का बनाएर महासमितिमा जान दबाब दिनका लागि आफूहरु गुटगत स्वार्थभन्दा माथि उठेर छलफलमा जुटेको कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीको भनाइ छ । ‘‘हामी गुटगत स्वार्थभन्दा माथि उठ्ने गरी सबैका सुझावलाई संकलन गरेर एक मत गर्नेछौं,” उनले भने, ‘‘यसले गुटगत विवादको सिकार बनेको पार्टी नेतृत्वलाई पनि एक ढिक्का हुन दबाब पुग्नेछ । हाम्रो उद्देश्य महासमिति बैठकबाट पार्टी एक भएको सन्देश नेताहरुले आम कार्यकर्तालाई दिउन् भन्ने हो ।’’
ककनीमा जारी बैठकमा सहभागी जिल्ला सभापतिहरुले विधान संशोधन मस्यौदा समितिले पार्टीलाई बुझाएको मस्यौदामा केही विषय स्पष्ट नभएको भन्दै आपत्ति जनाएका छन् । पार्टीको सबै तहमा मर्यादाक्रम लथालिङ्ग भएकाले विधानमै स्पष्ट गरेर मर्यादा क्रम राखिनुपर्ने जिल्ला सभापतिहरुको धारणा देखिएको छ । ‘‘हाम्रो पार्टीमा मर्यादाक्रम कसको के हुने भन्ने स्पष्ट छैन,’’ नवलपरासी सभापति लामिछानेले भने, ‘‘यसले समस्या भएको छ । विधानमै मर्यादा क्रम स्पष्ट बनाइनुपर्छ ।’’
जिल्ला सभापतिहरुले निर्वाचनमा उमेदवार छनोटको अधिकार पनि विधानमै स्पष्ट पारिनुपर्ने बताएका छन् । ‘‘निर्वाचनमा उमेदवार छनोट गर्दा कुन तहको निर्वाचन हुँदैछ, त्यो भन्दा एक तह माथिको पार्टीको कार्यसमितिलाई उमेदवार छनोट गर्ने जिम्मेवारी दिइनुपर्छ,’’ कांग्रेस ललितपुरका सभापति मदन अमात्यले भने, ‘‘नभए आफ्नो योग्यताले त्यो तहको पार्टी नेतृत्वले टिकट पायो भने टिकट नपाउने व्यक्ति टिकट पाएको व्यक्तिलाई हराउन तर्फ लाग्छ । यस्तो परिपाटी हटाउन पनि विधानमै स्पष्ट व्यवस्था गरिनुपर्छ ।’’
विधानमा कसको काम–कर्तव्य के हुने भन्ने स्पष्ट व्यवस्था नहुँदा पार्टीमा योगदान गरेका धेरै व्यक्तिहरु जिम्मेवारविहीन भएकाले उनीहरुलाई पनि जिम्मेवारी दिन विधानमा नै स्पष्ट गरिनुपर्ने जिल्ला सभापतिहरुको धारणा छ । ‘‘पार्टीका पूर्वजिल्ला सभापति, पूर्वसांसदहरु अहिले जिम्मेवारविहीन अवस्थामा छन् । उनीहरुलाई पार्टी संगठन विस्तारको पूर्णअनुभव छ,’’ नवलपरासी सभापति लामिछानेले भने, “उनीहरुलाई विधामै उल्लेख गरेर जिम्मेवारी दिइनुपर्छ र सल्लाहकार राखिनुपर्छ ।’’ 
जिल्ला सभापतिहरुको भेलाले ‘ककनी घोषणापत्र’ जारी गर्ने तयारी गरेको छ । भेलामा ५८ जिल्लाका सभापतिहरु उपस्थित छन् । पार्टी सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमको दार्चुलाका जिल्ला सभापति ललितसिंह बोहराबाहेक अन्य जिल्ला सभापतिहरु अनुपस्थित छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro