site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सानोठिमी क्याम्पसको जग्गा भाडा सम्झौता मन्त्रीले गरे रद्द
Argakhachi Cement Island Ad

काठमाडौं । सानोठिमी क्याम्पसले जग्गा भाडामा लगाएको विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोेखरेलले मन्त्री स्तरीय निर्णय गर्दै सम्झौता रद्द गरेका छन् । विवादित ढंगले जग्गा भाडा लगाएको र एकदमै कम रकममा जग्गा भाडामा दिएको सूचना पाएपछि मन्त्री पोखरेलको ध्यानाकर्षण भएको उनको सचिवालयले जनाएको छ ।

तत्कालीन श्री ५ को सरकार शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय भण्डार तथा सम्पत्ति व्यवस्थापन शाखाको २०५२–३–२३ को निर्णयानुसार क्याम्पसलाई उक्त जग्गाको स्वमित्व नेपाल सरकारमा नै रहनेगरी बेचबिखन, हकहस्तान्तरण, दान दातव्य केही गर्न नपाउनेगरी भोग चलनसम्म गर्न दिने निर्णय भएको थियो । 

सरकारले क्याम्पसलाई जग्गा भोगचलन मात्रै गर्न दिएको थियो । तर क्याम्पसले गैर कानुनी कानुनी ढंगले जग्गा भाडामा लगाएपछि सम्झौता रद्द गरेको उनको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०७५  १८:१२
प्रतिक्रिया दिनुहोस्