site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको क्रियाशील सदस्यता साँच्चै खारेज हुन्छ ?
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय विधान संशोधन मस्यौदा समितिले क्रियाशील सदस्यता हटाउने सहमति जुटाए पनि केन्द्रीय कार्यसमिति बैठकबाट पारित हुनेमा आशंका बढ्दै गएको छ । मस्यौदा समितिले विधानको मस्यौदा पार्टीसमक्ष बुझाउनु अगावै कांग्रेस नेताहरुले क्रियाशील सदस्यता हटाउने विषयमा फरक मत राख्न थालेका छन् । 

मस्यौदा समितिले कार्यकर्ताबीच समान हैसियत बनाएर कांग्रेसलाई पूर्ण ‘मासबेस्ड’ पार्टी निर्माण गर्न क्रियाशील सदस्यता हटाउने बताए पनि कांग्रेसको केन्द्रीय कार्यसमितिमा रहेका नेताहरु यसमा एकमत देखिँदैनन् । पूर्ण ‘मासबेस्ड’ का नाममा वैकल्पिक व्यवस्था नगरीकनै क्रियाशील सदस्यता खारेज गर्दा पार्टी अरुको ‘नियन्त्रण’मा जाने नेताहरुको भनाइ छ । 
क्रियाशील सदस्यताले पारेको असर, खारेज गर्नुपर्ने अवस्था सिर्जना हुनुको कारण र क्रियाशीलको व्यवस्थापन हुन नसक्नुको कारण पत्ता लगाएर व्यवस्थापन गरिनुपर्नेमा उनीहरुको जोड छ । क्रियाशील सदस्यलाई नियन्त्रण गर्न नसकिरहेको अवस्थामा ‘मास’ लाई नियन्त्रण गर्न गाह्रो हुने उनीहरुको टिप्पणी छ ।

KFC Island Ad
NIC Asia

‘‘क्रियाशील सदस्यता खारेज गर्दा त्यसको वैकल्पिक व्यवस्था नगर्ने हो भने त कांग्रेस अरुको हातमा जान्छ । जसले आएर पनि गाउँमा भोट हालिदिने हुन्छ,’’ गत मंसिरमा सम्पन्न निर्वाचनपछि पार्टी सुदृढीकरणका लागि भन्दै एकजुट भएका युवा नेताहरुमाझ समन्वयकारी भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य चन्द्र भण्डारीले प्रतिप्रश्न गरे, ‘‘क्रियाशील सदस्यलाई नियन्त्रण गर्न नसक्नेले मासमा कसरी नियन्त्रण गर्न सक्छ ? आफूले दिएको सदस्यता नियन्त्रण गर्न नसक्नेले त्यो भीडलाई कसरी नियन्त्रण गर्न सक्छ ?’’   

कांग्रेसका प्रभावशाली नेतामध्येका एक अर्जुननरसिंह केसीले कम्युनिष्ट शासन सत्ता र उनीहरुको संगठनात्मक ढाँचासँग प्रतिस्पर्धा गर्न कांग्रेस अब ‘मासबेस्ड’ र ‘क्याडरबेस्ड’ को संयुक्त स्वरुपमा व्यवस्थित र वैज्ञानिक ढंगले अगाडि बढ्नुपर्ने बताए । ‘‘क्रियाशील सदस्यता हटाउने निर्णय उपयुक्त हुँदैन । मासबेसको नाममा साधारण सदस्यतामात्रै राख्ने कुरामा मेरो विमति छ । क्रियाशील सदस्यतालाई वैज्ञानिक ढंगबाट व्यवस्थित गर्नुपर्दछ । व्यवस्थित रुपमा अगाडि जानका निम्ति साधारण सदस्यतालाई पनि वैज्ञानिक ढंगले लैजानु पर्दछ,’’ उनले भने, ‘‘अहिलेको कम्युनिष्ट शासन सत्ता र उनीहरुको संगठनात्मक ढाँचासँग प्रतिस्पर्धा गर्न कांग्रेस मासबेस पार्टी हुँदाहुँदै पनि मासबेस र क्याडरबेस दुवैको कम्बाइन स्वरुपमा गएर व्यवस्थित र वैज्ञानिक बनाइनुपर्दछ ।’’     

Royal Enfield Island Ad

कांग्रेसमा अहिले साधारण र क्रियाशील गरी २ किसिमको सदस्यता भए पनि व्यवहारतः साधारण सदस्यता अस्तित्वमा देखिँदैन । अस्तित्वमा रहेको क्रियाशील सदस्यता सबैका लागि खुला नभएका कारण कांग्रेसलाई ‘मासबेस्ड’ भन्ने कि ‘क्याडरबेस्ड’ भन्नेमा अन्योल छ । कांग्रेसमा झण्डै ५ लाख क्रियाशील सदस्य रहेका बताइन्छ । 

क्रियाशील सदस्यलाई प्रत्येक गाउँ र नगर कार्यसमितिको पदाधिकारीसहित क्षेत्रीय प्रतिनिधि चयन गर्ने मताधिकार पार्टीले दिएको हुन्छ । क्रियाशील सदस्यबाट चुनिएका क्षेत्रीय प्रतिनिधि जिल्ला र क्षेत्रको अधिवेशनको मतदाता हुन्छन् । उनीहरूबाट नै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुन्छ ।

न्द्रीय विधान संशोधन मस्यौदा समितिले मस्यौदा लेखनका क्रममा क्रियाशील सदस्यता हटाउने सहमति जुटाए पनि यसको अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई छ । केन्द्रीय कार्यसमितिमा मस्यौदा समितिको निर्णय पारित हुन्छ त ? भन्ने प्रश्नको जवाफमा नेता भण्डारीले भने, ‘‘क्रियाशील सदस्यता खारेज गर्दा कुन विकल्प अपनाउने, कहाँबाट कसरी जाने भन्ने बारेमा मस्यौदा समितिले के गरेको छ, थाहा भएन । टुंगो लगाउने केन्द्रीय समितिले हो, जबसम्म केन्द्रीय समितिमा आउँदैन, तबसम्म केही भन्न सकिँदैन ।’’  

कांग्रेसमा क्रियाशील सदस्यता हटाएर साधारण सदस्यतालाई मात्रै प्रचलनमा ल्याउने भए पार्टी सभापति पनि साधारण सदस्यले नै चुन्न पाउने व्यवस्थाको बहस पनि उठ्ने सम्भावना देखिएको छ । ‘‘साधारण सदस्यतामात्रै सञ्चालन गर्ने हो भने पार्टी प्रेसिडेन्ट पनि साधारण सदस्यले चुन्ने व्यवस्था गर्नुपर्दछ । मासबेसमै जाने हो भने पार्टीको सम्पूर्ण संरचनालाई नै मासबेसमै लैजानु पर्दछ । क्रियाशील सदस्यता हटाउने नै हो भने केन्द्रीय कार्यसमिति, पदाधिकारी पनि साधारण सदस्यबाट नै चुन्न तयार हुनुपर्दछ,’’ नेता केसीले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro