site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्राजिलबाट जहाज बेच्न काठमाडौंमा, मूल्य ४ अर्ब रुपैयाँसम्म
Tiktok banner adTiktok banner ad

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलको जहाज निर्माता कम्पनी ‘एम्ब्रेअर’ आफ्नो पछिल्लो उत्पादन बिक्री गर्न नेपाल आएको छ ।  आफ्नो पछिल्लो उत्पादन ‘ई१९०–ई२’ सिरिजको जहाज बिक्री गर्न जहाजसहित एम्ब्रेअरका उच्च अधिकारी काठमाडौं आएका हुन् । शुक्रबार राति ८६ सिट क्षमतायुक्त ई१९०–ई२ जहाज लिएर काठमाडौं आएका एम्ब्रेअरको टोलीले सोमबार मध्याह्न नेपालका सरकारीदेखि निजी वायुसेवा कम्पनीका अधिकारीहरूलाई त्यही जहाजमा चढाएर करिब एक घन्टा ‘डेमो फ्लाइट’ गर्‍यो । 

एम्ब्रेअरले डेमो फ्लाइट भने पनि नेपाली वायुसेवाका अधिकारीहरूले भने यसलाई ‘माउन्टेन फ्लाइट’ का रूपमा व्याख्या गरे । डेमो फ्लाइटमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, निजी वायुसेवा कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्य, यती एयरलाइन्स, श्री एयरलाइन्स, तारा एयरका उच्च अधिकारी, पाइलटदेखि नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उच्च अधिकारीलगायत गरी झन्डै पाँच दर्जन सहभागी थिए । उडान क्रममा सर्वोच्च शिखर सगरमाथादेखि अन्य हिमाल अवलोकन गर्दा एम्ब्रेअरका अधिकारी र चालकदल खुसी देखिन्थे ।

\"\"

एम्ब्रेअरको यो जहाज गत अप्रिलमा सार्वजनिक गरिएको थियो । यो जहाज अहिले एसिया प्रशान्त क्षेत्रका विभिन्न देशमा व्यापारिक उद्देश्य बोकेर डेमो फ्लाइट गर्दै हिँडिरहेको छ । यसै क्रममा नेपाल आइपुगेको एम्ब्रेअर नेपाली वायुसेवा कम्पनीलाई आफ्ना जहाज बिक्री गर्न दिलोज्यानले लागेको छ । 

“नेपाली वायुसेवा कम्पनीलाई हामा जहाज बेच्ने उद्देश्यले यहाँ आएका हौं,” एम्ब्रेअरको एसिया प्रशान्त क्षेत्र हेर्ने व्यापार विकास निर्देशक चक पुलाखन्डमले बाह्रखरीसँग भने, “आजको डेमो फ्लाइटमा नेपालका सरकारीदेखि निजी एयरलाइन्सका उच्च अधिकारी सहभागी भएका कारण उहाँहरूलाई हाम्रा जहाज पक्कै मनपर्ने विश्वास छ ।”

\"\"

नेपाल आउनुभन्दा केही महिना अघिदेखि नै यहाँका वायुसेवा कम्पनीसँग जहाज बिक्रीबारे कुराकानी भएको उनले बताए । क्यानेडियन इन्जिन निर्माता कम्पनी प्राट एन्ड ह्विट्नीका जेट इन्जिनजडित एम्ब्रेयरको नेपाल आएको यो जहाजको मूल्य ३ अर्ब ३६ करोडदेखि ४ अर्ब रुपैयाँसम्म पर्ने पुलाखन्डमले जानकारी दिए । “हामी स्वदेश फर्केपछि पनि नेपाली वायुसेवाहरूसँग सम्पर्कमै रहने छौं,” उनले भने ।

काठमाडौं आएको जहाजमा सार्क माछाको ‘लिभरी’ रहेको छ । यस्ता जहाजमा आवाज कम निकाल्ने, सफा र इन्धन खपत कम गर्नेलगायत विशेषता रहेका एम्ब्रेअरले जनाएको छ । यो जहाजले युरोप र अमेरिककाका देशमा डेमो फ्लाइट गरेर एसिया आएको हो । 

\"\"

“एम्ब्रेअरको यो जहाज राम्रै लाग्यो तर खरिद गर्ने कि नगर्ने भन्नेबारे अझै विचार गर्नुपर्छ,” डेमो फ्लाइट पूरा गरी त्रिभुवन विमानस्थल अवतरण गरेपछि एक वायुसेवा कम्पनीका अधिकारीले भने, “हामीलाई आर्थिक हिसाबमा यो जहाज महँगै लागेको छ । छोटो दुरीका अन्तर्राष्ट्रिय उडान गर्न भने यस्ता जहाज उपयुक्त हुन्छन् ।”

एम्ब्रेअरका अनुसार काठमाडौं आएको ई१९०–ई२ सिरिजको जहाज न्यूनतम ८६ देखि अधिकतम १ सय १४ सिटसम्मका हुन्छन् । हाल ६० देशका १ सयभन्दा बढी वायुसेवा कम्पनीले एम्ब्रेअरका जहाज उडाइरहेका छन् । पछिल्लो तथ्यांकअनुसार ई–जेट सिरिजका १ हजार ८ सयथान जहाज खरिद अर्डर भएका छन् भने १ हजार ४ सयभन्दा बढी जहाज सम्बन्धित वायुसेवालाई आपूर्ति गरिसकिएको छ ।

\"\"


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०७५  २०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro