site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठूला फाइनान्सका लगानी ५२ अर्ब, निक्षेप संकलन ६२ अर्ब
Tiktok banner adTiktok banner ad

काठमाडौं ।  मुलुकका प्रमुख वित्त (फाइनान्स) कम्पनीले गत असारसम्ममा साढे ५२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । उक्त अवधिमा उनीहरूले करिब ६२ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन  गरेका छन् । 

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको २० फाइनान्स कम्पनीको प्रमुख वित्तीय सूचकअनुसार असारसम्ममा ५२ अर्ब ६३ करोड ४५ लाख ४१ हजार रुपैयाँ लगानी भएको छ भने ६१ अर्ब ९८ करोड २६ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन भएको छ । 

“फाइनान्स कम्पनीहरूले गत असारसम्ममा कूल कर्जाको १० दशमलव ६८ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन्,” केन्द्रीय बैंकले सार्वजनिक गरेको वित्तीय सूचकमा छ, “फाइनान्स कम्पनीले विपन्न वर्गतर्फको लगानी ६ दशमलव ११ प्रतिशत पुर्‍याएका छन् ।”
सामान्यतयाः विपन्न वर्ग (डिप्राइभ्ड सेक्टर) मा गरिने लगानी ‘असुरक्षित हुने’ बैंक तथा वित्तीय संस्थाको ‘मानसिकता’ का कारण यस्ता लगानी अन्य क्षेत्रमा हुने गरेको पाइन्छ । यसमा नियामक निकायले अझै ध्यान दिन सकेको छैन । 

राष्ट्र बैंकले गोर्खा फाइनान्स, सिटी एक्सप्रेस, गुडविल, श्री इन्भेस्टमेन्ट, युनाइटेड, बेस्ट, प्रोग्रेसिभ, जानकी, पोखरा, हाथवे, मल्टिपर्पोज, सिनर्जी, शृजना, गुह्येश्वरी मर्चेन्ट, आइसिएफसी, ललितपुर, मञ्जुश्री, जेबिल्स र रिलायन्स फाइनान्स कम्पनीको गत असारसम्मको प्रमुख वित्तीय सूचक सार्वजनिक गरेको हो । 

उक्त अवधिमा बेस्ट फाइनान्सले डिप्राइभ्ड सेक्टरमा कूल कर्जाको १४ दशमलव ८३ प्रतिशत लगानी गरेको छ । २० फाइनान्समध्ये बेस्टको यो दर सबैभन्दा बढी हो । राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई कूल कर्जाको ५ प्रतिशत डिप्राइभ्ड सेक्टरमा लगानी गर्नुपर्ने निर्देशक दिएको छ । 

यस हिसाबले नियामकको निर्देशनअनुसार डिप्राइभ्ड सेक्टरमा कूल कर्जाको ५ प्रतिशत लगानी गर्ने फाइनान्स ११ पुगेका छन् । सबैभन्दा कम लतिलपुर फाइनान्स देखिएको छ जसले २ दशमलव २१ प्रतिशतमात्र डिप्राइभ्ड सेक्टरमा लगानी गरेको छ । यो सेक्टरमा ५ प्रतिशतभन्दा कम लगानी गर्ने फाइनान्स आठवटा छन् भने सिटी एक्सप्रेस फाइनान्सको उत्पादनमूलक र डिप्राइभ्ड सेक्टर लगानी दुवै शून्य अवस्थामा रहेको छ । 

डिप्राइभ्ड सेक्टरमा नियामकले तोकेको ५ प्रतिशत लगानी नपु¥याउनेमा जानकी, पोखरा, सेन्ट्रल, हाथवे, मल्टिपर्पोज, सिनर्जी, ललितपुर र मञ्जुश्री फाइनान्स छन् । ५ प्रतिशत कटाउनेमा गोर्खा, गुडविल, श्री इन्भेस्टमेन्ट, युनाइटेड, बेस्ट, प्रोग्रेसिभ, शृजना, गुह्येश्वरी मर्चेन्ट, आइसिएफसी, जेबिल्स र रिलायन्स छन् । 

त्यसैगरी उत्पादनमूलक (कृषि, ऊर्जा, पर्यटन र घरेलु तथा साना उद्योग) क्षेत्रमा सबैभन्दा धेरै लगानी मल्टिपर्पोज फाइनान्सले गरेको छ । उसले कूल कर्जाको ५८ दशमलव ९७ प्रतिशत यस क्षेत्रमा लगानी गरेको छ । सबैभन्दा कम ललितपुर फाइनान्सको छ जसले १ दशमलव ६२ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छ । 

त्यसैगरी जेबिल्सले उत्पादनमूलक क्षेत्रमा कूल कर्जाको २ड प्रतिशत लगानी गरेको छ । त्यस्तै सिनर्जीले २६, शृजनाले २४, श्री इन्भेस्टमेन्ट र आइसिएफसीले २० प्रतिशत, गुडविल र बेस्टले १९, जानकीले १८, सेन्ट्रल र रिलायन्सले १५, गुह्येश्वरी मर्चेन्टले १४, प्रोग्रसिभ र मञ्जुश्रीले १३, युनाइटेडले १२, पोखराले ११ र हाथवे फाइनान्सले उत्पादनमूलक क्षेत्रमा ३ प्रतिशत लगानी गरेका छन् । 

राष्ट्र बैंकका अनुसार आइसिएफसी फाइनान्सले सबैभन्दा बढी ८ अर्ब ८७ करोड रुपैयाँबराबर कर्जा लगानी गरेको छ । त्यसपछि मञ्जुश्रीले ६ अर्ब ७ करोड, युनाइटेडले ५ अर्ब ९९ करोड, गोर्खाले ५ अर्ब ५२ करोड, गुडविलले ५ अर्ब ४२ करोड, शृजनाले ५ अर्ब ४० करोड, पोखराले ४ अर्ब ३२ करोड, रिलायन्सले ३ अर्ब ७२ करोड, श्री इन्भेस्टमेन्टले ३ अर्ब ७१ करोड, सेन्ट्रलले ३ अर्ब १८ करोड, गुह्येश्वरी मर्चेन्टले ३ अर्ब ८ करोड, सिनर्जीले २ अर्ब २ करोड, जानकीले १ अर्ब ६५ करोड र जेबिल्सले १ अर्ब १३ करोड रुपैयाँ निक्षेप लगानी गरेका छन् । 

राष्ट्र बैंकले २०७२/७३ को मौद्रिक नीतिमार्फत राष्ट्रिय स्तर तथा चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीको चुक्ता पुँजी ८० करोड र एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका फाइनान्सको चुक्ता पुँजी ४० करोड पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ ।  
८० करोड चुक्ता पुँजी पुर्‍याउने फाइनान्समा गोर्खा, गुडविल, श्री इन्भेस्टमेन्ट, युनाइटेड, पोखरा, सेन्ट्रल, गुह्येश्वरी मर्चेन्ट, आइसिएफसी र मञ्जुश्री छन् । त्यसैगरी सिटी एक्सप्रेसको १५ करोड, बेस्टको २९ करोड, प्रोग्रेसिभको २१ करोड, जानकीको ४० करोड, हाथवेको ३० करोड, सिनर्जीको ४७ करोड, शृजनाको ४० करोड, ललितपुरको २३ करोड, जेबिल्सको ५७ करोड, रिलायन्सको ७१ करोड र मल्टिपर्पोजको चुक्ता पुँजी ४ करोड रुपैयाँबराबर छ ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०७५  २०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro