site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
मेस्सी र रोनाल्डोभन्दा नेयमार मूल्यवान ! (कसको मूल्य कति ?)
Sarbottam CementSarbottam Cement

काठमाडौं । बर्सिलोनाका ब्राजिलियन स्टार नेयमार युरोपका सबैभन्दा मूल्यवान खेलाडी रहेको अध्ययनले देखाएको छ । सीआइइएस फुटबल अब्जरभेटरीले खेलाडी किनबेच ( विन्टर ट्रान्सफर भ्यालु) मूल्यबारे गरेको एक अध्ययनमा नेयमार मुल्यवान खेलाडी भएको उल्लेख छ ।

गत जनवरी १ बाट खुलेको युरोपका मुख्य ५ लिगको विन्टर ट्रान्सफर (खेलाडी किनबेच) मा खेलाडीको मूल्यबारे सीआइइएस फुटबल अब्जरभेटरीले अध्ययन गरेको थियो ।

अध्ययनपछि अब्जरभेटरीले युरोपमा रहेका १ सय मूल्यवान खेलाडीको सूची सार्वजनिक गरेको हो । सूचीमा इंग्लिस प्रिमियर लिगमा खेल्ने ४२ खेलाडी परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अब्जरभेटरीले तयार गरेको मुल्यवान खेलाडीको सुचिमा २ सय १६ मिलियन पाउण्ड स्ट्रर्लिङ मूल्यसहित नेयमार युरोपमा सबैभन्दा मूल्यवान खेलाडी रहेको देखिएको हो ।

मुल्यवान खेलाडीको सुचीमा शीर्ष स्थानमा रहेका नेयमारले आफ्ना क्लबका सहकर्मी लियोनल मेस्सीलाई पनि पछि पारेका हुन् ।  अध्ययनका अनुसार दोस्रो स्थानमा रहेका मेस्सीको मूल्य १ सय ४९ मिलियन पाउण्ड स्ट्रर्लिङ छ ।

Global Ime bank

त्यस्तै सीआइइएस फुटबल अब्जरभेटरीले बनाएको युरोपका शीर्ष १० मूल्यवान खेलाडीको सूचीमा म्यानचेस्टर युनाइटेडका पउल पोग्बा तेस्रो स्थानमा छन् ।  

पोग्बाको मूल्य १ सय ३६ मिलियन पाउण्ड स्ट्रर्लिङ रहेको छ । त्यस्तै एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान १ सय ३२ मिलियन पाउण्ड स्ट्रर्लिङका साथ चौथो स्थानमा छन् भने बार्सिलोनाका लुइस स्वारेज १ सय २७ मिलियन पाउण्ड स्ट्रर्लिङका साथ पाँचौं स्थानमा छन् ।

त्यस्तै मुल्यवान खेलाडीको सूचीमा टोटनह्यामका ह्यारी केन १ सय २२ मिलियन पाउण्ड स्ट्रर्लिङका साथ छैटौं स्थानमा रहँदा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो १ सय ११ मिलियन पाउण्ड स्ट्रर्लिङ मुल्यसहित सातौं स्थानमा छन् ।

यस्तै आठौं स्थानमा युभेन्ट्सका पाउलो ड्याबाला (९९.९ मिलियन पाउण्ड स्ट्रर्लिङ), नवौं स्थानमा टोटनह्यामका डेल अली (९६ मिलियन पाउण्ड स्ट्रर्लिङ) तथा दशौं स्थानमा चेल्सीका इडन हर्जाड (८९ मिलियन पाउण्ड स्ट्रर्लिङ) छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७३  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय