site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
के गर्दा बढी दुख्छ दाँत ?
Sarbottam CementSarbottam Cement

शरीरको पाले अथवा भनौं मुख्य द्वार मुख हो, त्यसैले सधैं हँसिलो र फुर्तिलो हुनलाई मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । 
हामीले विदेशमा गएर धेरै कुराहरु सिक्यौं । पैसा कमाएर के खाने के नखाने भन्ने कुरा पनि सिक्यौँ, तर सफा हुन सिकेनौँ । जंक फुडले गर्दा विभिन्न स्वास्थ्य समस्या बढिरहेका छन् । दाँतमा किरा लाग्ने, गिँजा सुन्निने, मुखभित्र विभिन्न समस्या बढ्दै गएको छ । 
गिँजाभित्र फोहोरको कारणले दुखिरहने, दाँत किराले खाएर खाल्टो पार्ने, किराले खाएको दाँत दुखेर रातभरि सुत्न नदिने, खाएको समयमा एक साइडबाट मात्रै खाँदा दुवैपट्टिको दाँत सामेल नहुँदा टाउको दुख्ने आदि मुख्य समस्या हुन् । 
हामी अनियन्त्रित हिसाबमा खाना खान्छौँ । त्यसले मुखभित्र विभिन्न रोग आउँछ र क्यान्सरसमेत हुन सक्छ । अहिले साधारण दुख्नेदेखि लिएर मुखको क्यान्सरसम्म हुने समस्याहरू भयावह रूपमा बढिरहेको छ । मुखबाट खाने चिजलाई राम्रोसँग नियन्त्रण गर्नुपर्छ । 

के गर्दा दुख्छ दाँत ?
धेरै कारणले गर्दा दाँत दुख्छ । गिँजा सुन्नियो, दाँत फुट्यो, घोटियो, कुँडियो, किराले खायो र कहिलेकाहीँ ट्रिटमेन्ट गर्दागर्दै औषधिको कारण पनि दाँत दुख्ने हुन्छ । कडा चिज खाँदा र ठोक्कियो भने पनि दाँत दुख्ने गर्छ ।
रोग हुनुभन्दा नहुनु राम्रो हो । स्वस्थ हुनको लागि मुखको ख्याल गर्नुपर्छ । मुख स्वस्थ राख्ने भनेको किरा नलाग्नु, ब्रस गर्ने मात्र होइन । मुख भनेको मुख नै हो, मुखले राम्रो कुरा ग¥यो भने ठीक हुन्छ तर नराम्रो कुरा भने मन दुख्छ अनि मानसिक रूपमा प्रभाव पार्छ । मुख महत्वपूर्ण मानव अंग हो, सबैले सुरुमा हेर्ने पनि मुख हो । समस्या उत्पन्न नै हुन नदिन विभिन्न उपाय अपनाउन सकिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

१) दैनिक एउटा स्याउ खाने
२) गुलियो कुराहरू नखाने, खानामा बढी कार्बोहाइड्रेड भएको ग्लुकोजयुक्त नखाने 
३) दैनिक ब्रस गर्ने
४) खानामा कन्ट्रोल गर्ने
५) चुरोट, रक्सी तथा शरीरलाई हानि गर्ने कुनै पनि कुरा नखाने

गुलियो कुरा धेरै खाने, रक्सी चुरोट खाने ग¥यो भने मुख र दाँतमा मात्रै समस्या नभएर पेट, टाउको धेरै अंगमा समस्या उत्पन्न हुन्छ । बिहान एक घण्टा हिँड्ने र सामान्य एक्सरसाइज गर्ने, बिहान एक सय चोटी सास मुखबाट तान्ने र नाकबाट फेर्ने गर्नुपर्छ । यसले मुखमात्र नभएर पेट, शरीरलाई पनि राम्रो हुन्छ । यस्तो गर्दा विचारमा परिवर्तन आउँछ र मुखको रोगलाई सखाप पा¥यो भने अरु रोगबाट पनि बच्न सकिन्छ । 
समस्या आइसकेको छ र किराले खाएको छ भने दाँत भर्नुपर्छ । एउटा दाँत पनि खाली नराखौँ, त्यसले असन्तुलन हुन्छ । टाउको दुख्ने र अरु समस्या आउँछ । यसरी टाउको दुख्यो भनेर हस्पिटलमा जाँदा एमआरआई, सिटी स्क्यान गरेर हेर्दा समेत थाहा हुँदैन, टाउको दुखेको हुन्छ । कसैले दाँतको कुरा गर्दैनन् । 

Global Ime bank

गिँजाबाट पिप र रगत किन आउँछ ?
धेरैको रगत आउँछ, किन आयो भनेर संवेदनशील भएर सोच्नुपर्छ । साधारण समस्याले पनि गिँजाबाट रगत आउँछ । तर, क्यान्सर भएको छ भने पनि रगत देखापर्छ । मुखलाई सफा नगर्दा रगत र पिप देखापर्छ । फोहोर भन्नाले भातको सिता दाँतमा अड्किनु मात्रै होइन, ब्याक्टेरिया पनि हुन्छ । त्यसले आफ्नो बासस्थान बनाउँछ । त्यो गिँजाभित्र बासस्थान बनाएपछि सुन्निन्छ अनि फेरि त्यो ब्याक्टेरिया सेफ भएर बस्न अझै भित्र जान्छन्, अनि त्यहाँ पाक्छ, सुनिन्छ त्यसले गर्दा रगत र पिप देखापर्छ । 

किन जाडोको समयमा बढी दाँत दुख्छ ?
जाडोभन्दा पनि चिसो र तातो दुवै दाँतका रोगीलाई राम्रो हुँदैन । तातो हुँदा पनि दुख्छ, हामीले आइसक्रिम खाँदा पनि दुख्छ । जाडोको समयमा पानी चिसो हुन्छ । सबैले ब्रस छिटो गर्छन्, त्यसो गर्दा दाँत पूरै सफा हुन पाउँदैन अनि दुख्छ ।

समस्याबाट बच्न के गर्ने ?
के समस्या भएको छ, त्यो अनुसार उपचार गर्नुपर्छ । ६ महिनामा सफा गर्नेमात्र होइन, ६÷६ महिनामा नियमित सम्बन्धित विश्वासिलो डाक्टरलाई देखाएर उपचार गर्नुपर्छ । दाँत सधैँ सफा राख्नुपर्छ । रोगको राम्रोसँग समयमै उपचार ग¥यो भने ठूलो प्रक्रियामा जानुपर्दैन । अहिले पाठेघर क्यान्सर बढी भनिए पनि मुखको क्यान्सर धेरै बढिरहेको छ । दाँत हल्लिएको छ र तपार्इंले वास्ता गर्नुभएको छैन भने भित्र अटोमेटिक क्यान्सर भइसकेको पनि हुन सक्छ । त्यसैले समयमा नै उपचार गर्नुपर्छ । 
(ओम समाज डेन्टल हस्पिटलमा कार्यरत डा. घिमिरेसँग बाह्रखरीका लागि यसिमा महतले गरेको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७३  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय