site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पुनेमा विराट कोहली चम्किँदा...
Sarbottam CementSarbottam Cement

काठमाडौं । पुनेमा भारत र इंग्ल्याण्डबीच भएको पहिलो एक दिवसीय क्रिकेटमा रनको वर्षा नै भयो । सो खेलमा दुवै टिमले कुल ७ सय ६ रन बनाए । यो विशाल स्कोर बनेको दिन पुराना रेकर्ड टुट्ने र नयाँ रेकर्डसमेत बन्यो । 

इंग्ल्याण्डले दिएको ३ सय ५१ रनको लक्ष्य भारतले खेल सकिन ११ बलअघि नै सात विकेट गुमाएर पूरा गर्यो । योसँगै विराट कोहलीको कप्तानीमा रहेको टिम इन्डिया  तीन म्याचको सिरिजमा १–० ले अघि बढ्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

३ सय ५० माथिको रन पाएर विजय हासिल गरेको यो भारतको तेश्रो म्याच हो । यसअघि भारतले सन् २०१३ मा अष्ट्रेलिया विरुद्व ३ सय ६० र ३ सय ५१ रनको चुनौती पन्छाएको थियो । भारतले यो सफलता महेन्द्रसिंह धोनीको ठाउँमा कप्तान बनेका विराट कोहलीको पहिलो कप्तानीमै प्राप्त गरेको छ । 

कप्तान कोहलीले यो खेलमा व्यक्तिगत शतकसमेत प्रहार गरेका छन् । यो शतकसँगै कोहलीले २७ औं शतक पूरा गरेका हुन् । योसँगै उनले भारतीय पूर्व क्रिकेटर सचिव तेन्दुलकरको बराबरी गरेका छन् । 

Global Ime bank

कोहलीले सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हुन् । अहिले उनी टी–२०, वनडे र टेस्ट तिनै फम्र्याटको कप्तानी सम्हालिरहेका छन् । 

लक्ष्य पछ्याउने क्रममा सबैभन्दा धेरै शतक तेन्दुलकरको नाममा छ । उनले कुल १७ शतक प्रहार गरेका छन् । रेकर्डको सन्दर्भमा अब कोहली पनि तेन्दुलकरसँगै उभिएका छन् । कोहलीले बनाएको धेरै शतकहरु त्यो बेला बनेका छन्, जुनबेला भारतले सो म्याचसमेत जितेको छ । कोहलीले २७ शतक प्रहार गरेका बेला २३ पटक भारतले म्याच समेत जितेको छ । 

इंग्ल्याण्डले भने २०१५ मा भएको पछिल्लो विश्वकपयता एक दिवसीय खेलमा सातौं पटक ३ सय ५० बढीको स्कोर बनाएको हो । विश्वकपअघि इंग्ल्याण्डले दुई पटक ३ सय ५० माथिएको स्कोर बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७३  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय