site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तरुण दल उपाध्यक्ष र महामन्त्रीमा अझै सहमति जुटेन
काठमाडौं । शनिबारबाट पोखरामा सुरु भएको नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको चौथो महाधिवेशनमा नेतृत्व चयन सर्वसम्मत गर्ने प्रयास सोमबार तेस्रो दिन पनि जारी छ । आइतबार अबेरसम्म नेतृत्व सर्वसम्मत गर्ने प्रयास भए पनि नेतृत्वमा कुनै सहमति हुन नसकेपछि सोमबार पनि नेतृत्व सर्वसम्मत गर्ने प्रयास भइरेको तरुण दलका एक नेताले बताए । 
तरुण दलको अध्यक्षमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका जितजंग बस्नेतबारेमा सबै पक्ष सहमत भए पनि उपाध्यक्ष र महामन्त्रीमा अझै सहमति जुट्न नसकेको ती नेताले बताए । तरुण दलको उपाध्यक्ष सिद्वार्थ कोइराला र महामन्त्रीमा भूपेन्द्र जंग शाहीलाई बनाउन पार्टी नेता रामचन्द्र पौडेल पक्षको लबिङ रहँदै आएको छ । पार्टी नेता कृष्ण सिटौला पक्षले भने उत्तम चापागाईंलाई महामन्त्री बनाउनुपर्ने भन्दै आएको छ । 
रामचन्द्र पौडेल निकट एक तरुण दल नेताले सिटौला निकटका उत्तम चापागाईंलाई उपाध्यक्ष बनाउन सहमत हुन सकिने बताए । सिटौला पक्षका नारायण भट्टराईले बाह्रखरीसँग कुरा गर्दै जसरी पनि निर्वाचनमा जानुपर्ने बताए । सिटौला पक्षले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै उत्तम चापागाईंको नेतृत्वमा निर्वाचनमा जाने जानकारी गराइसकेको छ । देउवा पक्षले यसअघि नै जितजंग बस्नेतको नेतृत्वमा निर्वाचनमा जाने घोषणा गरिसकेको छ । नेता पौडेल पक्षले अहिलेसम्म अध्यक्षको उम्मेदवारको घोषणा गरेको छैन ।
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro