site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल र जिम्बाब्वे 'ए' बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल र जिम्बाब्वे 'ए' बीचको दोस्रो ट्वान्टी–२० खेल भारी वर्षाका कारण रद्द भएको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा खेल चलिरहँदा भारी वर्षा भएपछि अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरीक्षण गर्दै खेल रद्द भएको जनाएका थिए ।

नेपालले अब तेस्रो खेल बुधबार खेल्ने छ । यसअघि भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

वर्षाअघि त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको अवस्थामा भारी वर्षा भएको थियो । जसका कारण खेल रोकिन पुगेको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १७:२३