site stats
बाह्रखरी :: Baahrakhari
देश
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
Ghorahi CementGhorahi Cement

काठमाडौं । मनसुनी वायुको प्रभाव रहँदा आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकस्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

Agni Group

विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । 

मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौंमा आज बदली हुने भए पनि पानी पर्ने सम्भावना भने न्यून छ । उनका अनुसार काठमाडौंमा आज २८ देखि ३० डिग्री सेल्सियसको बीचमा तापक्रम रहने छ ।  
  
भारी वर्षाको सम्भावना रहेका पहाडी  भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

Global Ime bank

“तुलनात्मक रुपमा अहिले मनसुन केही कम सक्रिय छ । त्यसैले धेरै स्थानमा भारी वर्षाको सम्भावना कम छ । भारी वर्षाको सम्भावना कम भएकाले बाढी र पहिरोको सम्भावना पनि कम छ,” मौसमविद् मञ्जु भन्छिन्, “अबको दुईतीन दिन मनसुन थप सक्रिय हुने देखिँदैन । तर, पनि मनसुन सिजन रहेकाले हल्का तथा मध्यम वर्षा र बदली भने हुन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  ०७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
 किसानलाई दिएको आश्वासन पूरा गर !
 किसानलाई दिएको आश्वासन पूरा गर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu