site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भूकम्पीय जोखिम न्यूनिकरण गर्न गृहमन्त्रीको अपील 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । गृहमन्त्री रामबहादुर थापाले पूर्वतयारी गरी भूकम्पीय जोखिम न्यूनीकरणका लागि अग्रसर हुन चितवनबासीलाई अपील गरेका छन् ।
प्रकृति मान्छेको मित्र भएकोले प्रकृतिले जे माग गर्छ, सोहीअनुसार काम गर्नुपर्ने भन्दै उनले भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुन सक्ने क्षति कम गर्न भने अवश्य सकिने बताए । 
भरतपुर नगरपालिकाको वडा नं ४ स्थित भूकम्पीय प्रबलीकरण गरिएको वडा कार्यालय भवनको अवलोकन गर्ने क्रममा गृहमन्त्री थापाले भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण रहेका घरहरुमा प्रबलीकरण अर्थात रेट्रोफिट गरी पूर्वतयारी गर्नुपर्ने बताएका हुन् । 
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँगै प्रबलीकरण गरिएको भवन अवलोकन गर्न पुगेका थापाले प्रबलीकरणको प्राविधिक पक्षको बारेमा जिज्ञासा राखेका थिए । 
भरतपुर महानगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालको सहकार्यमा उक्त भवनको भूकम्पीय प्रबलीकरण गरिएको हो । सम्भावित भूकम्पबाट सुरक्षित बनाउन तथा प्रबलीकरणको प्राविधिक ज्ञान र सीपबारे समुदायमा जानकारी गराउन सो भवनको प्रबलीकरण गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०७५  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC