site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तर, यसकारण, यदी, यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन : प्रधानमन्त्री ओली 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैको सुझाव लिने तर कसैको दबाबमा नपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, “सरकार सबैको सुझाव लिन्छ तर कसैको दबाबमा परेर निर्णय लिँदैन ।”

प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकोले यसका लागि नीति निर्माण तहमा बस्नेहरुको सोचाइ पनि परिवर्तन हुनुपर्ने बताएका छन् ।

“हामीले  अब  पनि परम्परागत मानसिकता नै राखेर काम ग¥यौं भने देश बन्दैन,” प्रधानमन्त्री ओलीले भने, “किन कि यो असाधारण दायित्व बोकेको सरकार हो ।” प्रधानमन्त्री ओलीले आइतबार सिंहदरवारमा मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै सबैलाई जवाफदेही ढंगले काम गर्न भनेका छन् ।

“हामी नेपाललाई मगन्ते रहित बनाउन चाहन्छौं,” प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै सचिवालयले भनेको छ, “सडकमा मागेर दिन कटाउनेहरुले अब रोजगारी गरेर आफ्ना परिवार पाल्ने अवसर पाउनेछन् ।”

सरकारको मुल लक्ष्य समृद्ध नेपाल, सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई निर्देशन दिए ।
“सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढंगले काम गर्नुपर्छ । उपलब्धी देखिने गरी काम गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई समयलाई ख्याल गर्न निर्देशन दिए । हरेक मिनेट समयलाई सदुपयोग गरेर काम गर्न,काम गर्दा लक्ष्य निर्धारण गर्न र लक्ष्य प्राप्त भए नभएको ख्याल गर्न प्रधानमन्त्रीले सबैलाई सम्झाएका छन् ।

“हरेक कामका लागि लक्ष्य बनाउनुहोस्, त्यसअनुसार उपलब्धी हासिल गर्नुहोस्,” प्रधानमन्त्री ओलीले भनेका छन्, “तर, यसकारण, यदी, यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन ।”
प्रधानमन्त्री ओलीले सचिबहरु बढुवा सुरुवाका लागि नेताकहाँ धाउने प्रवृत्ति अन्त्य हुने बताए ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले बागमती सफाइका बारेमा प्रश्न उठाए ।  “बागमती सफाइ अभियान चलाएको कति हप्ता भयो ?,” प्रधानमन्त्री ओलीको प्रश्न थियो, “यो किन सफा भइरहेको छैन ?”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro