site stats
बाह्रखरी :: Baahrakhari
विशेष
चीनले ल्याउन लागेको सुरक्षासम्बन्धी नयाँ कानुनले हङकङको अस्तित्व अन्त्य हुने चिन्ता

हङकङ । चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीले हङकङका लागि नयाँ सुरक्षा कानुन ल्याउने घोषणा गरेको छ । यसले हङकङको स्वतन्त्रतामा ठूलो धक्का लाग्‍ने बताइएको छ । 

उक्त सुरक्षा कानुनले देशद्रोह, राज्यच्यूत, राज्यबाट अलग हुनेलगायत कानुन बनाउन हङकङका सांसदलाई प्रतिबन्ध लगाएको छ । प्रजातन्त्र पक्षधरहरुले चीनले घोषणा गरेको नयाँ सुरक्षा कानुन कार्यान्वयनमा आएमा अन्ततः हङकङको विलय हुनसक्ने टिप्पणी गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त कानुन आउने घोषणापछि शुक्रबार हङकङस्थिति चिनियाँ लियाजो कार्यालयअगाडि प्रदर्शन गरिएको छ । हङकङका प्रजातन्त्र पक्षधरहरुले यस कानुनविरुद्ध बृहत विरोध प्रदर्शनको आह्‍वान गरेका छन् ।

अमेरिकाले चीनको पछिल्लो घोषणाले सो क्षेत्रमा अस्थिरता पैदा गर्ने सम्भावना अधिक रहेको बताएको छ । यस्तै हङकङलाई स्वायत्तता प्रदान गर्ने चीनको वाचा विपरित नयाँ कानुन रहेको उल्लेख अमेरिकाले गरेको छ ।

समर्थकहरुले राजनीतिक प्रदर्शनमा हुने हिंसा नियन्त्रणका लागि नयाँ कानुन उपयुक्त हुने बताएका छन् । तर विपक्षीहरुले भने चीनले यसलाई हङकङको आधारभूत स्वतन्त्रता खण्डित गर्नका लागि प्रयोग गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ । चीनको हिस्सा भएर पनि हङकङ अलग छ । गत वर्षको सुपुदर्गीसम्बन्धी विधेयकको विरोधमा दशौँ लाख मानिसले हङकङमा सात महिनासम्म प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण उक्त विधेयक रोकियो र त्यसपछि फिर्ता लिइयो । -बीबीसी

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १६:२१
प्रतिक्रिया दिनुहोस्