site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपालका लागि भारतीय राजदूत रञ्जित रायले बुधबारबाट हुने भएको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रँग ल्याउने बताएका छन् ।
आइतबार रिपोर्टर्स क्लबको देउसी– भैलो खेल्न पुगेका सञ्चारकर्मीहरूसँगको कुराकानीमा राजदूत रायले भने,“उहाँको नेपाल भ्रमणसँगै नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रँग भरिन्छ, यसको साथै दोस्ती प्रगाढ बन्छ ।” उनले भारतीय राष्ट्रपति मुखर्जीको यो भ्रमणलाई दुवै पक्षले उतिकै महत्त्व दिएको समेत बताए ।
राजदूत रायले पछिल्लो समय नेपाल र भारत दुवै तर्फबाट उच्चस्तरीय द्विपक्षीय भ्रमणहरु भैरहेको भन्दै १८ वर्षपछि हुन गईरहेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले  द्विपक्षीय सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझै मजबुत बनाउने विश्वास दिलाए । उनले अघि भने, “पछिल्लो समय दुवै पक्षबाट प्रधानमन्त्री स्तर र विदेशमन्त्री स्तरबाट  द्विपक्षीय भ्रमणहरु भैरहेका छन्, यो अत्यन्तै सकारात्मक कुरा हो ।”
उनले राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको तयारी पूरा भइसकेको समेत जनाए । राष्ट्रपति मुखर्जीको  पूर्वनिर्धारित कार्यक्रम यथावत रहेको समेत उनले जनाए । उनले भने,“उहाँ काठमाडौं, जनकपुर र पोखरा जाने कार्यक्रम पनि छ, भ्रमणको सम्पूर्ण तयारी पूरा भैसकेको छ ।”
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC