site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हराउँदै गएको ‘कमन सेन्स’

तथ्याङकमा नजाऊँ सामान्य तर्क वा चल्तीमा रहेको ‘कमनसेन्स’को कुरामात्रै ।

केही समयअघि नामचलेकै एक जना पत्रकारले नेपाललाई ठूला जलाशययुक्त अयोजना आवश्यकनै नभएको भन्दै यस्ता आयोजना बनाउँदा त्यहाँको प्राकृतिक चक्रमा असर परेर जल, स्थल, आकाश र अन्य सबै प्रकारका जीवजन्तुको वासस्थान, खाना, अवातजावत वा भनौ दैनन्दिनीमा खलल पुग्ने हुन्छ । त्यसैले जलाशयुक्त अयोजना उपयुक्त होइन भन्ने तर्क गरेको पढेको थिएँ ।

‘सेतोपाटी’ अनलाइनमा प्रकाशित काठमाडौंमा एउटा केन्द्रीय पार्क बनाउनु पर्ने र त्यसका लागि नेपाली सेनाले हाल उपभोग गरेको जग्गा पनि उपभोगमा ल्याएर टुँडीखेलदेखि राजदरबार संग्रहालयसम्मको क्षेत्रफलमा फैलने गरी विकसित देशका राजधानीमा रहेका जस्तै विशाल पार्क बनाउन उपयुक्त हुने विचार चर्चामा थियो । अहिले त्यो सेलाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

श्लष्मान्तक बनमा ढलान गरेर बटो निर्माण गरियो । त्यो गलत भयो । परापूर्वकालदेखि कायम रहेको त्यस क्षेत्रको कला, संस्कृति र पुरातात्विक महत्त्व सकिने वा  मासिने भयो । त्यसले सो क्षेत्रको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई अवमूल्यन गर्नेकाम भयो भनिएको थियो । 

भर्खरै आयो अर्को कुरा । क्षेत्रीय विमानस्थल बनाउन हजारौं हेक्टर जमिन प्रयोगमा आउने भयो । त्यसले गर्दा त्यहाँ रहेको लाखौं रुख काटिने भयो । यसले प्रकृतिक विनाश र पर्यावरणमा खलल पुग्ने भयो ।  बन्यजन्तु विस्थापित हुने भए । तिनको नियमित आवतजावतको बाटो खलबलियो । विकसित देशमा भन्दा ठूला विमानस्थल नेपालमा किन चाहियो ? हिथ्रो विमानस्थल पनि त्यति ठूलो छैन ।

Global Ime bank

पोखरामा अग्लाअग्ला व्यावसायिक संरचना बन्न लागे । त्यसले हिमाल र ताल छेक्यो । त्यस्ता भवन निर्माण गर्न दिनु भएन ।  गाँउगाउँमा रहेको घुमाउने घर भत्काएर पुर्ननिर्माणका नाममा कन्क्रिट र फलामे डन्डीको अत्यधिक प्रयोग गरी घर निर्माण भएको र यसले पनि नेपाली मौलिकता निमिट्यान्नै पार्न लागेको प्रति पनि अर्को चिन्ता पढ्न पाइयो ।

स्कूल देखिनै पढेको हो । नेपालको भूबनोट त्यति धेरै पुरानै हैन । यहाँको माटो खुकुलो छ । चट्टान पनि बलिया छैनन् । त्यसमाथि कुनै चलायमानजस्तै प्लेटमा यो अवस्थित छ । यस हिसाबले तर्क गरेर नेपालजस्तो कमजोर भौगोलिक बनोटमा ठूला जलाशयुक्त अयोजना निर्माण गर्दा त्यस्तो कमसल भौगोलिक बनोटमा बन्ने ठूला संरचना भर्खरै गएको महाभूकम्प जस्ता प्राकृतिक विपत्तिमा क्षतिग्रसत हुँदा त्यसले निम्त्याउन सक्ने अर्को विपत्ति झनै भयावय हुनेतर्फ सचेत हुनुपर्छ भन्नेसम्म त ठीकै हो । तर कीरा, फट्याङग्रको माया लागेर भनौ वा नदीको प्राकृतिक वहावलाई रोक्नु हुन्न भन्ने लागेर हो, जलाशययुक्त अयोजना बनाउन हुन्न भन्नु चाँहि तर्कसंगत  होला ? 

जलाशययुक्त अयाजनाले निश्चय पनि निश्चित क्षेत्रको पर्यावरणमा खलल पार्छ तर नदीका बहावलाई पुन पहिलेकै स्थानमा फर्काउन नसकिने भन्ने होइन । अर्कोतर्फ पर्यावरणीय हिसावले आवश्यक पर्ने पानी नदीमै छोडेर बाँकीका लागि बाँध निर्माण र संचालन गर्न पनि सकिन्छ ।  बाँधले वर्षा यामको पानी संकलनमा पनि सहयोग गर्छ । 

नेपालजस्तो सानो देशलाई विशाल विमानस्थल किन चाहियो भनेर तर्क गर्दै गर्दा काठमाडौं जस्तो सानो उपत्यकामा उपत्यकाको एक चौथाइ भाग जत्ति नै ओगट्ने सेन्ट्रल पार्क चाँही किन चाहियो ? उपत्यका आफैँमा मनमोहक छ । हरिया पहाड र हिमालको बीचमा छ । यसलाइ धुलो, हिलो रहितमात्रै बनाए पुग्छ । पुरातात्विक महत्त्वका सबै कुराले यो सम्पन्न छ । पार्क नै चाहिए पनि उपत्यका नजिकै उपभोग नभएको जग्गामा बनाए भइहाल्यो । भएका संरचालाइ भत्काएर वा स्वरुप परिवर्तन किन गर्नु ? 

श्लेषमान्तक वनका सिँडीमा ढलानै गर्न नहुने के छ त्यस्तो ? भिरालो जमिन छ । पुरानो प्रविधि र सामानमात्रै प्रयोग गरेर सिँडी निर्माण गर्दा पक्कै टिकाउ हुन्न होला ? वर्षाको पानीले माटो क्षयीकरण हुँदा पक्कै पनि सिँडी एक दुई वर्षमा काम लाग्दैन । हो बरु भित्री संरचनालाई फलामका रड र सिमन्ेटको प्रयोगले बलियो बनाउने बहिर कलात्मक वास्तुकलाले ढाक्न वा छोपेर सुन्दर बनाउन पनि सकिन्छ । सिमेन्ट र रड प्रयागै गर्न नहुने भन्ने के छ र ? र हामीले के पनि बिर्सनु हुन्न भने जब हामीले प्रकृतिमा आफ्नो स्वार्थका लािग हस्तक्षेप गर्यौँ तबदेखि नै हामीले हाम्रो आफ्नो सुरक्षाका लागि मानव सिर्जित र मानव निर्मित वस्तुको प्रयोगलाई अनिवार्य बनाउँदै लगेका छाैं । तर्ककै लागि तर्क गर्नु अर्कै कुरा हो तर जीवन त व्यवहारिकतामा मात्रै जिउन सम्भव छ । पुराना घुमाउने घरलाई नयाँ फलामे रड र सिमेन्टका घरले विस्तापित गर्नुमा पनि यही नै कारण हो । 

अब आयो अर्को हाँसो उठ्दो तर्क । पोखरामा अग्ला घर निर्माणले हिमाल र ताल छेके । ए बाबा हिमाललाई नै छेक्ने घर कत्रो हो ? ५०–५५ तले घरले त के हिमाल छेक्लान् यहाँ त १७–१८ तले घरले नै हिमाल छेकेको चिन्ता आयो । हिमाल, ताल तलैया पर्यटकीय र पर्यावरणीय हिसाबले पनि महत्त्वपूर्ण हुन् । यी सम्पदाको समुचित संरक्षण आवश्यक छ । तर, उपभोग पनि त हुनु पर्यो । अर्को कुरा सबैको घरबाट हिमाल, ताल देखिन पनि सम्भव छैन । कतै न कतैबाट त छेकिहाल्छ । अब बाहिरको नक्कल गर्ने हो भने त त्यस्ता प्राकृतिक सम्पदा वरपर पनि आधुनकि संरचना मज्जाले बनाइएकै हुन्छन् तर सम्पदा नाश भएका वा विगारिएका हुन्नन् । व्यावसायिक हिसाबले त्यस्ता स्थानमा घर, होटल वा अन्य कुनै पनि संरचना पनि बनाइएकै हुन्छन् । र त्यस्ता स्थानमा उपलब्ध सेवा महंगा हुन्छन् । सरकारले उच्च कर लिएर सेवा प्रदान गर्ने व्यावसायिक संस्थालाई प्रोत्सहान गर्दा पो यस्ता सम्पदाको उपभोग र महत्व हुन्छ । सरकारको आम्दानीको बाटो पनि हुन्छ । 

अर्को कुरा पोखरामा पनि जमिन भासिने समस्या देखा परेको छ । यसको मतलब जहाँ पायो त्यहिँ ठूला संरचना बनाउन पनि नहुने खालको जमिन रहेछ त्यहाँ । मैले सानैदेखि पोखरा भासिइरहेको छ रे भन्ने सुन्ने गर्थे । यस्तोमा बरु यो तर्क अघि सारेर ठूला र अग्ला संरचाना नबनाऊँ भन्न मिल्ला । तर, हिमाल छेकिने गरी घर बनाउन पाइँदैन भन्न कसरी मिल्ला ? हिमाल वा ताल वरपरका निश्चित स्थान खुल्ला राखौँ । सुन्दर पार्क बनाऔँ । त्यहाँबाट हिमाल पनि हेरौँ, तालमा जलक्रीडा पनि गरौँ । हुन्न र ?

विमानस्थल, ठूला विद्युतीय अयोजना बनाउँदा रुख काटिने चिन्ता । मानव र वन्यजन्तुको बासस्थानको चिन्ता । लमजुङ सदरमुकाम नजिकै पर्ने मेरो घरको छतसम्म सरकारले बाटो चौडा गरिदिँदा बुबा आमा सहित हामी दाजुभाइ पनि विस्थापित भयौँ । सरकारको बाटो फराकिलो बनाउने अभियानका कारण काठमाडौंका रैथानेहरूको हालत अहिले पनि मेरैजस्तै छ । मानिस विस्थापित भएकोमावास्ता नगर्ने रुख र वन्यजन्तुको यत्रो चिन्ता ??

नेपालमा उपभोग नभएका पाखो जग्गा लाखौ हेक्टरमा होलान् । बाग्मतीकै किनारमा लाखौं रुख रोपेर ५–१० बर्षमा हराभरा बनाउन सकिन्छ । यस्ता नदी धेरै छन् । एक ठाउँमा रुख काटे अर्को ठाउँमा रोप्ने नियम पनि भएजस्तो लागेको थियो मलाई नेपालमा । अब रुख काटेर बेच्दा हुने सरकारको आम्दानी वा कमाइमा भ्रष्टाचार हुनुभएन भनेर नागरिकले सचेत पो गराउने हो । अयोजनाको बारेमा ठोस कुरा हुन नपाउँदै रुख काट्नै नहुनेजस्तो गरेर जनतालाई उल्लु बनाउने गरी हल्ला फैलाउन त भएन नि ! आमाको नाभी नकाटी बच्चा कसरी जन्मेला ? चुरे विनाश भएर बाँकी छैन । रामवरण यादवले बोले भनेमात्रै त्यो समाचार बन्छ । त्यसलाई जोगाउनेतर्फ लागौँ । चुरेमा लगेर विमानस्थल बनाउने कुरा अलि व्यावहारिक नहोला । तर, विमानस्थल बनाउँदा फडानी हुने संख्याका विरुवा चुरेमा रोपेर संरक्षण गर्न त पक्कै सकिन्छ । 

सानो देशलाई ठूलो विमानस्थल किन चाहियो ? सानो उपत्यकामा विशाल पार्क किन चाहियो त त्यसो भए ? फेरि देश सानो भयो भन्दैमा विमानस्थल पनि सानै हुनुपर्ने भन्ने छ र भन्या ? सकिन्छ र लागतले भ्याउँछ भनेर बनाएर देखाइदिउँन । विश्वकै सानोमध्येको देशमा विश्वकै विशाल क्षेत्रमा फैलिएको विमानस्थल । गिनिज बुकमा पनि नाम आउने भयो ।  देवकोटाले लेखेकै छन् के नेपाल सानो छ ? 

र अन्त्यमा हिथ्रो विमानस्थल पनि सानो भयो भनेर अर्बौ पाउन्डको थप रनवेको प्रस्ताव बेलायती संसद्मा प्रवेश गर्दैछ भनेर केही समय अघि रेडियोमा सुनेको हो । गुगल गर्नुभयो भने के रहेछ खबर पाउँ है ?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०७५  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC