site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भूकम्पमा हराएको भनिएको फाइल सरकारले सर्वोच्च पठायो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सर्वोच्च अदालतले माग गरेबमोजिमका कागजात सर्वोच्च अदालतमा पठाएको छ ।
यसअघि तीनपटक भन्दा बढी माग गर्दा पनि पठाएको थिएन । पछिल्लो पटक सरकारले भूकम्पमा हराएको भन्दै सर्वोच्चलाई जवाफ पठाएको थियो ।  तर सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमान सिंह कार्की नियुक्ति गर्दाका प्रक्रिया पूरा गरेको कागजात नदिए कारबाहीको भागिदार हुनुपर्ने चेतावनी समेत दिएको थियो ।  प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र सपना मल्लको इजलासले यस्तो फैसला गरेको थियो ।  अदालतले माग गरेबमोजिमको कागजात प्राप्त भएको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।  “मन्त्रिपरिषद् कार्यालयबाट माग गरिएअनुसारका कागजात प्राप्त भएको छ,”उनले बाह्रखरीसँग भने ।  फाइल प्राप्त भएपछि लोकमान सिंह कार्कीको नियुक्ति संवैधानिक थियो कि थिएन भन्ने बहस हुनेछ ।  अधिवक्ता ओम प्रकाश अर्यालले उनको नियुक्ति गैरसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
तस्बिर : खबर डवली डट कम 
 
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७३  १६:४६
प्रतिक्रिया दिनुहोस्