site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मोरङको गोठगाउँमा मेडिकल कलेज स्थापना गर्न क्रान्तिकारीको माग
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को पूर्वाञ्चल विश्वविद्यालय समितीले मोरङ जिल्लाको गोठगाउँमा मेडिकल कलेज स्थापना गर्न माग गर्दै विश्वविद्यालय प्रशासनलाई ज्ञापनपत्र बुभाएको छ । 
बिहीबार विराटनगर स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालको उपकुलपति घनश्यालाल दासलाई २० बुँदे माग सहितको ज्ञापनपत्र बुझाउँदै माग पूरा गर्ने सात दिने अल्टिमेटम दिएको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए । 
विश्वविद्यालयको आफ्नै जग्गामा आधारभूत पूर्वाधारको निर्माण भएकोले गोठगाउँमा अविलम्ब मेडिकल कलेज खोलिनुपर्ने, आङ्गिक क्याम्पस विस्तार गर्नुपर्ने, केन्द्रीय कार्यालय गोठगाउँमै सार्नुपर्ने लगायतका माग राखी ज्ञापन पत्र बुझाएको क्रान्तिकारीका उपाध्यक्ष तथा पूर्वाञ्चल विश्वविद्यालयका इन्चार्ज मदन चुडालले जानकारी दिए । आफ्ना माग सम्बोधन नगरी सिनेटको वैठक सुरु गरे मुठभेडको स्थिति आउने चेतावनी चुडाले बताए । 
 
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३  २०:४४
प्रतिक्रिया दिनुहोस्