site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बदनाम ठेकेदार पेसा ! 

नेपालमा सबैभन्दा चतुरा जति सायद सरकारी कर्मचारी भएका छन् । बदमासी गर्न कसैलाई मतियार बनाउने र पछि तिनै मतियारमाथि दोष थुपार्ने बठ्याइँ कर्मचारीले दशकौंदेखि गर्दैआएका छन् । बिचौलिया बदनाम हुन्छन् तर तिनैलाई माध्यम बनाएर भ्रष्टाचार गर्ने कर्मचारीलाई कसैले गाली गर्दैन । लगभग यस्तै भएको छ निर्माण कार्यको ठेकेदारीमा पनि । पक्कै पनि ठेकेदारहरूले काम ओगट्ने, पेस्की लिने तर समयमा नगर्ने गरेर बदमासी, बेइमानी र कसुरसमेत गरेका छन् । हुनत, थोरै ठूला ठेकेदारको बेइमानीले यो पेसामा लागेको हजारौंको बदनामी भएको छ । अहिले बदनाम गरेर सरकारले कारबाही गर्न खोज्दा तिनलाई समाजले काखी ठोकेको छ ।

ठेकेदारले आफ्नो धर्म पालना गरेका भए तिनलाई यसरी खेद्ने आँट सरकारले पनि गर्ने थिएन । अब सरकारले हात हालिसकेपछि यस अभियानलाई बीचैमा तुहिन दिनु झन् हुँदैन । ठेक्काको करारमा लेखिएअनुसार तिनलाई जरिवानासमेत गरेर सरकारी बाँकी सरह असुल गर्नुपर्छ । म्याद नाघेको ठेक्कामा राज्यलाई ठेकेदारका कारण परेको र पर्ने नोक्सानीको पनि बिगो र जरिवाना भराउनु पर्छ । तर, ठेकेदारले म्याद नघाउनेबित्तिकै तिनलाई कारबाही नगर्ने र अझ कहिले कहीँ त कामै नगरे पनि पैसा भुक्तानी दिने कर्मचारीलाई के गर्ने नि ? अहिले ठेकेदार धरपकडमा कर्मचारी चाहिँ जोगिनु र जोगाउनु न्यायोचित हो त ? ठेक्कापट्टामा कर्मचारीले प्रतिशत तोकेरै पैसा उठाउँछन् भन्ने मन्त्रीदेखि सामान्य जनतासम्मलाई थाहा छ । परन्तु, अहिलेसम्म त्यसरी पैसा उठाउने कर्मचारीमाथि कतैबाट कारबाही हुनु त परै जाओस् कसैले यसको उच्चारणसम्म पनि गरेको सुनिदैन ।

किन ?

Prabhu Bank
Agni Group
NIC Asia

किनभने कर्मचारीहरू दोष पन्छाउन सिपालु छन् । आफूले गरेको बदमासी र बेइमानीका लागि सधैँ कसै न कसैलाई ‘बलिको बोको‘ बनाइदिन्छन् । कपटी कर्मचारीको रकमी चक्करमा परेर राजनीतिक नेता, ठेकेदार, गैरसरकारी संस्थालगायत सबै बदनाम भएका छन् । र, यिनलाई प्रचलित नियमकानुनले पनि सजिलो बनाएको छ । आखिर नियम बनाउने पनि त कर्मचारी नै हुन् नि ! यसैले ठेक्कापट्टाका हकमा पनि तत्कालका लागि ठेकेदार तह लगाउने अभियानसँगै कर्मचारीलाई पनि कजाउन र बेइमानी गर्नेलाई तह लगाउन सरकारले ध्यान दिनुपर्छ । 

सार्वजनिक निर्माणमा साँच्चै नै सुधार गर्ने हो भने चाहिँ अहिलेको ठेक्कापट्टा प्रणालीमै परिवर्तन गर्नु आवश्यक छ । निर्माण कार्यको ठेक्का घटाघट गराएर दिँदा गुणस्तर खस्कनु स्वाभाविकै हो । कुनै ठेकेदारले ५० प्रतिशतसम्म घटाएर ठेक्का लिन्छ भने ठेकेदारको नियतमै शंका गर्नुपर्छ नभए लागत अनुमान गर्ने प्राविधिकमाथि कारबाही गर्नुपर्छ । दुवैलाई ठीक ठान्न मिल्दैन । सायद, यही घटाघट र कमिसनको कारण अहिले निर्माण कार्य बेलामा सम्पन्न नहुने र गुणस्तर कमजोर हुने प्रवृत्ति सामान्य बन्न पुगेको हो । 

Global Ime bank

सार्वजनिक निर्माण कार्यका विभिन्न पद्धति अपनाउन सकिन्छ । मैले पृथ्वी राजमार्ग बनाएको नजिकबाट देखेको छु । त्यही र त्यस्तै पद्धति अहिले कति व्यावहारिक हुन्छ भन्ने छलफलको विषय हो । तर, अमानत र ठेकेदारीका बीचको त्यो शैली अहिले पनि उपयोगी हुनसक्छ । 

पृथ्वीराजमार्ग बनाउँदा चिनियाँ र नेपाली प्राविधिक मिलेर काम गर्थे । कुनै ठूलो ठेकेदार थिएन । एक जना नाइकेलाई निर्धारित कामको जिम्मा दिइन्थ्यो । उसले दैनिक ज्यालादारीमा काम गराउँथ्यो । यस्ता हजारौं नाइके काममा लागेका थिए । यिनै साना ठेकेदारलाई नाइके र कामदारलाई कुल्ली भन्थे । नाइकेले पनि नियमतः कुल्लीसरहै पैसा पाउँथ्यो । कामदारहरूको दैनिक हाजिर राखिन्थ्यो । दिनको कति पैसा पाउने हो भन्ने थाहा भने हुँदैनथियो । बढी परिश्रम गरेको काममा मजुरी पनि धेरै पथ्र्यो । काम सकेपछि बिल बन्थ्यो र बिलका आधारमा लागेका खेतालाको हिसाब गरेर दामासाहीमा पैसा बाँडिन्थ्यो । सायद, चिनियाँहरूले सुझाएको पद्धति थियो यो । नेपाल सरकारका कर्मचारीले भ्रष्टाचार गर्ने उपाय भने त्यति बेला पनि निकालेका थिए । उनीहरूका लागि भनेर नाइकेले एक जना खेतालाको नाम हाँजिरी खातामा बढी थप्थ्यो । पछिपछि नाएके र साइट इन्चार्जको मिलोमलोमा कुल्लीलाई ठग्ने क्रम बढेको थियो । हाजिरी बढाउँदै लगेर नक्कली नाम राखी ठग्ने काम हुन्थ्यो । 

पृथ्वीराजमार्ग मूलतः श्रमप्रधान विधिबाट बनाइएको थियो । खन्ने र पुर्ने पनि धेरै काम श्रमिकहरूले नै गरेका थिए । तैपनि सुरु गरेको ५ वर्षजतिमा  २०० किलोमिटर सडक खन्ने र पिचसमेत गर्ने काम सकिएको थियो । सिन्धुपाल्चोक, नुवाकोट, धादिङका धेरै मानिस काम गर्न तनहुँ पुगेका थिए । अरनिको राजमार्ग बनाउँदा चिनियाँसँग काम गर्नेहरू पनि धेरै नै भेटिन्थे । पृथ्वी राजमार्ग बनाउन थालिएको ५० वर्ष पुगिसक्यो । अब त्यही शैलीमा पूरै श्रमप्रधान विधि त अपनाउन कठिन होला तर मेसिनको प्रयोग श्रमिकको सहयोगीका रूपमा मात्र गर्नसके रोजगारी सिर्जनामा पनि सहयोग पुग्नेछ । वातावरण संरक्षणमा पनि उपयोगी हुनेछ । यसैगरी गोप्य बोलपत्र विधि छाडेर ससाना नाइकेलाई लागत अनुमानमा अमानतमा काम दिने पद्धति अपनाउने हो भने काम छिटो, छरितो र सजिलोसँग सम्पन्न हुनेछ । आवश्यक दक्ष प्राविधिक र मेसिनको प्रयोग गर्न सरकारले परियोजना अवधिका लागि कर्मचारी भर्ना गरे हुन्छ । लगत इस्टिमेटलाई यथार्थपरक बनाउने र बीचमा धेरै दोहन नहुने हो भने श्रमिकको खाडीमा हुने कमाइ सायद यतै हुन्छ । अर्थात्, यस्तो निर्माण विधि अपनाउने हो भने एकातिर देशभित्र कामदारको अभावमा भौतिक निर्माणको काम रोकिने र अर्कातिर युवा श्रमिक कामको खोजीमा घरबार बेचेर देशबाहिर जाने दुवै समस्या समाधान हुनसक्छ ।

ठूला भनिएका ठेकेदार र सरकारी कर्मचारीले यस विधिको विरोध बढी गर्नसक्छन् । यस्तै राजनीतिकरूपमा पनि यो विधि बढी जोखिमपूर्ण हुनसक्छ । तर, निर्माणको गुणस्तर कायम राख्न र समयैमा सजिलै काम सक्न तथा अदक्ष एवं अर्धदक्ष श्रमिकको राजगारीको अवसर बढाउन भने अमानतमा ससाना ठेक्का दिने विधि अत्यन्त उपयोगी हुने देखिन्छ । 

यस्तो विधि अपनाए निर्माण व्यवसायी ‘ठगदार‘ का रूपमा बदनाम हुनेछैनन् । कामको गुणस्तर कायम हुनेछ र समयैमा सम्पन्न पनि हुनेछ । तर, सार्वजनिक निर्माण विधिमा सुधार नगरी ठेकेदार तह लगाउने अभियान पटके लहडमात्र सिद्ध हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०७५  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC