site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चितवन मानव सेवा आश्रमलाई सिटिजन्सको आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले चितवन मानव सेवा आश्रमलाई ३ लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । आश्रमको सभाकक्षमा आयोजित कार्यक्रमबिच बैंकका प्रमुखकार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपाने लाई सहयोग रकम हस्तान्तरण गरिन् ।

आश्रमले हाल ५४ जनालाई सेवादिँदै आएको छ भने ६४ जनालाई उपचारपश्चात् परिवारमा पुर्नमिलन गराइएको छ । हालसम्म आश्रमले विभिन्न उमेर समुहका असमर्थ असक्त, अपांग र मानसिक सन्तुलन गुमेर सडकमा आएका १४७ जनाको उद्धार गरी आश्रममा ल्याई औषधीउपचार गरेको तथा गाँसबासको व्यवस्था गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले निकट भविष्यमाबैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी गराए ।

“योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारासहित बैंकले ७४ वटा शाखा, ७० वटा एटीएमर ९९ वटा शाखा रहित बैंकिङ एकाईबाट करिब ३ लाख ३५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  १७:४९
प्रतिक्रिया दिनुहोस्