site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
किन बढ्दैछन् बलात्कारका घटना ?

इतिहास नेपाली महिलाको वीरगाथाले भरिएको छ । नालापानीको युद्ध होस् वा राणाशासन, पञ्चायतविरुद्धका जनआन्दोलन नेपाली महिलाको शौर्य गाथाले भरिएको छ । अहिले भने दिनहुँजसो यिनै नेपाली महिलामाथि सामूहिक बलात्कार, बन्धक बनाएर बलात्कार, बोक्सीको अरोपमा कुठपिट, यातनायस्ता घटना भएका छन् । प्रेमी, जन्मदिने बाबु, सहोदर दाजुबाट समेत महिला असुरक्षित भएका छन् । यस्तो किन हुन्छ त ? यस्ता अपराधविरुद्ध कानुन, न्याय दिने अददालत, पुलिस प्रशासन सबै हुँदाहुँदै पनि किन भइरहेका छन् त यस्ता घटना ? 

आव २०७३।०७४ को अन्त्यसम्मका प्रहरी कार्यालयमा १ हजार १ सय ३१ वटा र ०७४।०७५ मा ५ सय २९ वटा बलात्कारका घटना दर्ता भएका छन् । यी त दर्ता भएकै घटना भए गुपचुप पारिएका त झन् धेरै होलान् । किन नेपाली समाजमा बलात्कारका बढिरहेको हो ? यौन शिक्षाको गलत बुझाइ वा अपरिपक्व जानकारीले गर्दा यसो भएको त होइन ? कि समाजमा मानवता हराएको वा नैतिक शिक्षाको कमी भएको हो ? अथवा जनचेतनाको अभाव रह्यो ? कि राज्यको उदासीनताले हो ? बलात्कारमा सजाय दिन बनेको कानुन फितलो भएर हो कि ?

Agni Group

बलात्कार पीडितले न्याय पाएका कुरा बिरलै सुनिन्छ । पीडितले सहजरूपमा न्याय पाउने व्यवस्था नभएर वा तिनका पक्षमा बोल्ने आवाज मसिनो भएर अपराधीको मनोबल बढेको हो ? लाग्छ, बलात्कारमा सजाय दिने कानुनै छैन । 
यस्ता घटनाले महिला तथा बालबालिकालाई शारीरिक रुपमा त कमजोर तुल्याउँछ नै त्यो शारीरिक घाउ निको भइसक्दा पनि समाजले दिने मानसिक चोटत अझै बढी दर्दनाक हुन्छ । बलात्कार कुनै नारीकोे रहर होइन तर यस्ता घटना भइ रहन्छन् । बलात्कार गर्ने पीडक पुरुष समाजमा निर्धक्क हिँडडुल गर्छ । उसलाई समाज पनि केही भन्ने आँट गर्दैन । कानुनी सजाय पाए पनि ऊ केही वर्षमा कैदबाट बाहिर निस्कन्छ । बलात्कृत महिलाले भने आजीवन त्यसको पीडा सहेर हिड्नुपर्छ । बलात्कारजस्तो जघन्य अपराधका लागि त सजाय पनि कडा भए पो यस्ता घटना कम हुन्थे । 

विकासको प्रारम्भिक चरणमा मानव समाज सिकार र कन्दमूलबाट गुजारा गथ्र्यो । त्यसबेला महिला र पुरुषको अस्तित्व समान थियो । दुवै पक्ष समान हुँदा सायद महिला पूर्ण सुरक्षित पनि थिए होलान् । दास युगमा मानिसले सम्पत्तिमा तेरोमेरो भन्न थाल्यो । यसै समयदेखि पुरुषले सम्पत्तिमा नियन्त्रण गर्न थाले र महिलाको स्वतन्त्रतामा पनि अंकुश लाग्यो । त्यसै समयदेखि महिलाको अवस्था कमजोर बन्यो । बलत्कारमा घटना पनि पुरुषभन्दा महिला कमजोर हुन् भन्ने मानसिकताको उपज हो । बलात्कृत महिला तिरस्कृत हुने र बलात्कारी पुरुष स्वतन्त्र हुने कारण यही हो । 

Global Ime bank

प्रविधिको जति नै विकास भए पनि समाजमा महिला भने सुरक्षित रहन सकेनन् । उल्टै प्रविधिको उन्नतिले सम्भव भएको सामाजिक संजालले समेत समाजमा नकारात्मकता बढायो । विकास हुनुपर्छ तर सबै पक्षको समान र सुरक्षित रुपमा बाँच्न पाउने अधिकार पनि सिुनिश्चित हुनुपर्छ । महिलाले कन्दमूल बटुल्ने ढुंगो युगमा बरु सुरक्षित थियौं, सहअस्तित्वमा त स्वतन्त्रताको सास लिएका थियौँ, त्यसौ हामीलाई त्यही युगमा फर्काईदेऊ भन्नुपर्ने अवस्था नआओस् । 

बलात्कारजस्तो जघन्य अपराध नियन्त्रण गर्न कडा कानुनको त आवश्यकता छ छ नै अझै त्यसभन्दा महत्त्वपूर्ण सबैको अस्तित्व स्वीकार गरेर ‘म’ को साटो हामी भन्ने भावनाको विकास हुनु जरुरी छ । नयाँ वर्षमा एउटा प्रण गरौँ – हामी भन्ने भावनाको विकास गरौँ र बलात्कारजस्ता महिलामा हिंसा रोक्न आआफ्नो ठाउँबाट जुटौं । 
( सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC