बाह्रखरी
भर्खरै
Ncell inner sticky
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार चीनका नयाँ बादशाह क्रिस प्याटेन
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, कात्तिक ९, २०७४
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको सन् १९७२ को चीन भ्रमणबाट चिनियाँ नेताको इतिहासलाई हेर्ने दृष्टिकोण अनुमोदन भएको कथन लामै समयसम्म चलेको थियो । माओका निष्ठावान् सहयोगी चाउ एनलाईले फ्रान्सेली क्रान्तिको पाठका सम्बन्धमा सोधिएको प्रश्नको उत्तरमा अहिल्यै टिप्पणी गर्नु हतार हुने बताएका थिए रे । त्यहाँ उपस्थित कूटनयिकहरूका अनुसार वास्तवमा चाउले सन् १७८९ को फ्रान्सेली क्रान्तिको हैन सन् १९६८ को विद्यार्थी आन्दोलनका सन्दर्भमा त्यो उत्तर दिएका थिए । त्यस अर्थमा त्यसको पाठका बारेमा बताउनु साँच्चै नै अलि हतारै हुन्थ्यो । 
जेहोस्, फ्रान्सेली क्रान्तिको पाठ चीनमा अहिले दोहोरिएको छ । भनिन्छ, सन् २०१२ को चिनियाँ कम्युनिस्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनलगत्तै चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूका लागि सन् १८५६ मा लेखिएको एलेक्सिस टकभिल्लेको पुस्तक ‘द ओल्ड रिजिम एन्ड द रिभोल्युसन‘ पढ्नै पर्ने पुस्तक हुनपुगेको थियो रे । त्यस पुस्तकको पक्षमा राष्ट्रपति सी चिनफिङको भ्रष्टाचार विरोधी अभियानका सञ्चालक र सायद सबैभन्दा निकट सहयोगी वाङ चिसानले निकै उत्साहपूर्वक चर्चा गरेका थिए ।
टकभिल्लेको तर्क के थियो भने अठारौं शताब्दीको बढ्दो समृद्धिका कारण फ्रान्समा शासन गर्न मुस्किल हुँदैगएको छ । मानिसहरू सम्पन्न हुन थालेपछि सामाजिक र आर्थिक असमानताप्रति बढी सचेत हुन्छन् र धनी र शक्तिशालीप्रति असन्तुष्ट हुन थाल्छन् । व्यवस्थामा सुधारका प्रयासहरूले यसका कमजोरी उजागरमात्रै गर्छन् । त्यसपछि क्रान्ति भयो र राजतन्त्र र सामन्तवाद समाप्त भयो । यथार्थमै उनीहरूको टाउको गिँडियो ।
चिनियाँ कम्युनिस्ट पार्टीको भर्खरै सम्पन्न १९ राष्ट्रिय महाधिवेशनले टकभिल्लेको मान्यतालाई चीनका नेताहरूले कति गहिरोसँग मनमा राखेका रहेछन् भन्ने उजागर गरेको छ । सीले मुलुक र पार्टीमा आफ्नो निर्विवाद हैकम अझ बलियो बनाए । उनले पहिलो कार्यकालमा देङ स्यायोपिङका  चीनको अर्थतन्त्र खुला बनाउने, पार्टी र सरकारबीचको अन्तर, विदेश सम्बन्ध र सुरक्षा नीतिलाई कम महत्त्व दिनेजस्ता अधिकांश मान्यतालाई उल्ट्याएर आफ्नो स्थिति सुदृढ बनाए ।
सीले आफ्नो भ्रष्टाचार विरोधी अभियानलाई पार्टीका छुनै नसकिने मानिएका शक्तिशाली अधिकारीहरूविरुद्ध लक्षित गरेर सम्भावित प्रतिस्पर्धीहरूलाई पनि पाखा लगाए । उनले पार्टीको केन्द्रीय समितिमा अहिलेसम्मकै सबैभन्दा ठूलो ‘शुद्धीकरण‘ भएको देखेका छन् । उनले असन्तुष्टिको सानो संकेतसमेत नामेट पारेका छन् । कतिसम्म भने इन्टरनेटमा ठट्टा गर्न वा उनलाई ‘विनी द प‘सँग तुलना गर्ने व्यंग्य गर्न पनि प्रतिबन्ध लगाएका छन् । 
अरू कुनै मुलुकमा यस्ता उपायहरू अपनाइएको भए सीले मुलुकलाई लेनिनवादी अधिनायकवादी शासनमा परिणत गरेको भनेर चर्को आलोचना हुन्थ्यो होला । चीनमा भने यसलाई सीले मुलुकmलाई पुनःसशक्त बनाउने ‘चिनियाँ सपना‘ पूरा गर्ने दिशामा नेतृत्व दिएको भन्दै पर्यवेक्षकहरूले प्रशंसा गरेका छन् ।      
परन्तु, कतिपयले त्यो सपना दिवास्वप्नमा परिणत हुने ठानेका छन् । जनसांख्यिक प्रवृत्तिबाट चीनलाई गत केही दशकमा  तीव्र आर्थिक वृद्धि हासिल गर्न सघाउने पर्याप्त श्रम शक्ति अब छिटै अभाव हुने चुनौती देखिएको छ । लज प्रदूषण र अभाव, कार्बन डाइअक्साइड उत्सर्जन, घातक मात्राको वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर गरेको छ भने चीनको आर्थिक उपलब्धि दिगो हुननसक्ने लक्षण देखाएको छ ।
चीनको कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धि एकातिर स्वागतयोग्य छ भने त्यसले ऋणको मात्रा र ‘पानीको फोका’ जस्तो घरजग्गमा लगानी बढाएको छ । चिनियाँ अनुसन्धाताहरूले समेत चीन संसारका चर्को आर्थिक असमानता भएको मुलुकमध्येमा पर्ने स्वीकार गरेका छन् । गरिबहरू झन् गरिब भएका छन् भने धनीहरू झन्झन् धनी हुँदैगएकाले ‘चिनियाँ शैलीको समाजवाद‘को वास्तविक अर्थ यही हो त भन्ने प्रश्न उत्पन्न भएको छ ।   
पक्कै पनि सकारात्मकरूपमा लिँदा आशावादी दृष्टिकोण राख्न सकिन्छ । राजनीतिक प्राथमिकता र व्यापारिक अवस्थाले निर्देशन गर्ने हुनाले चीनको अधिकांश ऋण आन्तरिक हो । चीनले वातावरणीय ह्रास तथा जलवायु परिवर्तनका समस्यालाई सम्बोधन गर्ने अधिकांक अन्तर्राष्ट्रिय प्रयासहरूको समर्थन गरेको छ । असमानरूपमै सही धेरै जना सम्पन्न हुँदैछन् । सीको शासनमा चिनियाँ कम्युनिस्ट पार्टीमा रहेको व्यापक भ्रष्टाचार नियन्त्रण गर्न कम्तीमा पनि केही प्रयत्न त भएको छ ।
चीनका प्रशंसकहरूले गरेको बखानमध्ये केही त सत्य होस् भनेर हामी सबैले आशा गर्नुपर्छ । चीनको अार्थिक वृद्धि धराशायी भयो भने सम्पूर्ण विश्वकै अर्थ व्यवस्था संकटमा पर्नेछ । तर, आशावादीहरूले पनि चीनले आधुनिक समाज र अर्थतन्त्र सञ्चालन गर्ने उत्तम उपाय फेला पारेको छ भन्ने सीको दाबी भने सत्य भएकोमा कुनै न कुनै रूपमा सन्देह गरेकाछन् ।
पक्कै पनि लोकतान्त्रिक मुलुकहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेबकुफीपूर्ण मूर्खता र युरोपमा उग्र राष्ट्रवादको उदयजस्ता चुनौतीको सामना गरेका छन् । तर, लोकतान्त्रिक प्रणालीमा अन्तर्निहित व्यवस्थाका कारण ठूलो हिंसा वा दमनविना नै सही बाटोमा फर्काउन सक्षम संयन्त्र पनि छ । 
सीको चीनका हकमा भने त्यस्तो हुनसक्तैन । वर्षौंसम्म चीनमा आर्थिक मामिलामा राज्यको भूमिका विषयमा गम्भीर विमर्श चलेको थियो । एउटा पक्ष कम्युनिस्ट पार्टीले अर्थतन्त्रमा पकड खुकुलो बनायो भने अन्ततः राज्य पनि यसको नियन्त्रणबाट उम्किनेछ भन्ने तर्क गरेको थियो । अरूहरू त्यसको ठीक विपरीत मान्यता राख्थे । उनीहरूका अनुसार आर्थिक नियन्त्रण नत्यागेमा आर्थिक विसंगतिहरू बढ्न र विकास दिगो हुन छाड्नेबित्तिकै पार्टीले राजनीतिक शक्ति गुमाउनेछ । सी यथास्थितिवादीको पक्षमा स्पष्टसँग देखिएका छन् ।    
सीले पार्टीलाई मात्रै सशक्त बनाएका भने हैनन् । उनले आपूmलाई पनि झन् शक्तिशाली बनाएका छन् । यथार्थमा चिनियाँ कम्युनिस्ट पार्टीमा को माथि जानेछ र सर्वशक्तिवान् नेतासँग असहमत भएबापत को तल झर्नेछ भन्ने थाहा पाउन मुस्किल भएको छ । बाहिरबाट अनुमान गर्न त यसले छेकेको छैन तर अडकलवाजी गर्नुको कुनै अर्थ छैन । सीले पनि अरू बादशाहहरूले जस्तै आफ्ना अनुचरहरूलाई भारदारका रूपमा नियुक्त गरिरहने छन् । 
अधिक शक्तिसँग जिम्मेवारी पनि धेरै आउँछ । वर्तमान अवस्थामा सीसँग यथार्थमै निरंकुश शक्ति छ । एकै जना व्यक्तिका लागि त्यो धेरै ठूलो बोझ हो । सी हटाउन खासै बाधा नपर्ने ट्रम्पभन्दा धेरै चलाक हुनसक्छन् तर चीनको समृछ तथा स्थिर भविष्यको सुनिश्चितताका लागि त्यतिमात्र पर्याप्त हुँदैन । र, स्थिति बिग्य्रो भने दोष कस्लाई लाग्छ भन्ने सबैले थाहा पाएका छन् । अधिनायकवादी शासकहरूको अन्त्य एउटै प्रकारले हुने कारण नै यही हो । यति जान्नका लागि टकभिल्ले नै पढ्नु भने पर्दैन । 

(हङकङका अन्तिम ब्रिटिस गभर्नर, हाल - कुलपति अक्सफोर्ड विश्वविद्यालय, बेलायत)

Copyright: Project Syndicate, 2017.

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, कात्तिक ९, २०७४ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्