site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बयान दिन सिंहदरबार पुगे पूर्वअर्थमन्त्री शर्मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग संसदीय विशेष छानबिन समितिले सोधपुछ सुरु गरेको छ । बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समितिले आजबाट शर्मासँग शोधपुछ सुरु गरेको हो ।  

पूर्वअर्थमन्त्री शर्मा आज बिहान ८ बजेका लागि बोलाइएको समिति बैठकमा केही समय ढिलो गरी पुगेका थिए । बैठक सिंहदरबारस्थित अर्थसमितिको हलमा सुरु भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले आज उनीसँग छलफल सुरु गरेको हो । 

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । उक्त आरोपबार छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

Global Ime bank

आज समिति गठन गरिएको १० दिन पूरा भएको छ । समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement