site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म प्रर्दशनकारीले सरकारी निवास नछाड्ने
सरकारी निवासमा तास खेल्दै प्रदर्शनकारी ।
Sarbottam CementSarbottam Cement

कोलम्बाे । श्रीलंकाली प्रदर्शनकारीहरूले श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री दुवैले औपचारिक रूपमा आफ्नो पदबाट राजीनामा नदिएसम्म उनीहरूकाे सरकारी निवास नछाड्ने बताएका छन् ।

राष्ट्रपति गोटाबय राजापक्षेले आगामी १३ जुलाईमा राजीनामा दिने शनिबार सभामुखले घोषणा गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, राष्ट्रपति कतै देखिएका छैनन् न त उनले यस विषयमा सार्वजनिक रूपमा कुनै विज्ञप्ति जारी गरेका छन् ।

महिनौँ लामो सडक प्रदर्शनपछि शनिबार हजारौँ सर्वसाधारण कोलम्बाेमा जम्मा भएका थिए ।

Global Ime bank

मुलुकको नाजुक आर्थिक स्थितिका लागि राष्ट्रपतिलाई दोष दिइएको छ ।

महिनौँदेखि श्रीलंकामा खाद्यान्न, इन्धन र औषधिको चरम अभाव भइरहेको छ । प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले पनि शनिबारको विशाल जनप्रदर्शनपछि पद त्याग्ने बताएका थिए ।

सो प्रदर्शनमा उनको निजी निवासमा आगजनी गरिएको थियो । तर, अझै पनि प्रदर्शनकारीहरू नेताहरूको नियतमाथि सशंकित छन् । अधिकांश प्रदर्शनकारी राष्ट्रपति निवासको भव्यता देखेर स्तब्ध भएका छन् । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७९  २१:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement