site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला युरो २०२२ : नर्वेको सानदार सुरुआत 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुई पटकको च्याम्पियन नर्वेले बिहीबार डेब्यु टोली उत्तरी आयरल्यान्डलाई ४–१ ले पराजित गर्दै महिला युरोपियन च्याम्पियनसिपमा सानदार सुरुआत गरेको छ । 

पछिल्लोपटक सन् १९९३ मा उपाधि जितेपछि नर्वेले दुई पटक फाइनलमा स्थान बनाइसकेको छ । २००५ र २०१३ को फाइनल खेलेको नर्वेले खेल अवधिभर आत्मविश्वासी प्रदर्शन गरेको थियो । मिडफिल्डर जुली ब्लाकस्टाडको गोलबाट नर्वेले दशौँ मिनेटमा अग्रता लियो । 

Prabhu Bank
Agni Group
NIC Asia

२०१८ को बालोन डी’ओर विजेता एडा हेगरबर्गको पासमा फ्रिडा मानुमले १३औँ मिनेटमा अग्रता दोब्बर बनाइन् । क्यारोलिन ग्राहम ह्यान्सनले ३१ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता बढाइन् । 

रक्षक जुली नेल्सनले ४९औँ मिनेटमा गरेको गोलबाट नर्दन आयरल्यान्डले पुनरागमनको प्रयास गरेको थियो । नेल्सन नर्दन लायरल्यान्डबाट सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् । 

Global Ime bank

मिडफिल्डर गुरो रेइटेनले ५४औँ मिनेटमा अर्को गोल थपेपछि नर्वेले सहज विजय हासिल गरेको हो । रेइटेनले फ्रीकिकमा सिधै गोल गरेकी हुन् । युरोपियन च्याम्पियनसिपको पहिलो खेलमा उत्तरी आयरल्यान्डलाई ठूलो हार बेहोरेको छ ।

नर्वे समूह ‘ए’ को शीर्ष स्थानमा छ । समान तीन अंक भए पनि गोल अन्तरमा इङ्ल्यान्ड दोस्रो स्थानमा छ । इङ्ल्यान्डले बुधबार राति अष्ट्रियालाई १–० ले हराएको थियो । नर्वेले सोमबार ब्राइटनमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगितामा आज राति समूह ‘बी’को स्पेनले फिनल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै जर्मनीले डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । जर्मनीले सबैभन्दा धेरै ८ पटक यस प्रतियोगिताको उपाधि जितेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement