site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
साझा यातायातले सञ्चालनमा ल्याएका तीनवटै विद्युतीय बसमा महिला चालक, यी रुटमा गुड्नेछन् बस
Sarbottam CementSarbottam Cement

काठमाडौं । साझा यातायातले तीनवटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकामा सञ्चालनका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको हो । 

सरकारले ०७६ असार ३१ मा विद्युतीय परिवहन प्रवद्र्धन गर्न साझा यातायात सहकारी संस्थालाई विद्युतीय बस खरिदका लागि तीन अर्ब रकम उपलब्ध गराएको थियो । 

पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी ८.५ मिटर लम्बाईका ४० वटा बस खरिद गरिएका छन् । खरिद गरिएका ४० मध्ये ३७ वटा विद्युतीय बस साउन मसान्तसम्म भित्र्याउने साझाको योजना छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बस चिनको नानजिङ्ग सहरस्थित सीएचटीसी कम्पनीको उत्पादन रहेको संस्थाले जनाएको छ । बस ब्याट्रीबाट चल्ने पुस प्रविधिमा आधारित छन् । यो नयाँ प्रविधि हो । 

साझा यातायातले तीन चरणमा विद्युतिय सवारी भित्राउने योजना बनाएको छ । सुरुआती चरणमा परीक्षणको रुपमा बस सञ्चालनमा ल्याइएको छ । 

Global Ime bank

साझाले दोस्रो चरणमा १०–१२ मिटर लम्बाईको विद्युतीय शहरी बस तथा लामो दुरीको विद्युतीय बस खरिदका लागि प्रक्रिया अघि बढाएको छ । 

यी रुटमा गुड्नेछन् बस
तीनवटा विद्युतीय बस नयाँबसपार्क–बालाजु–ठमेल–रत्नपार्क–सिंहदरवार–बानेश्वर–मीनभवन हुँदै एयरपोर्ट पुग्नेछन् । त्यस्तै लगनखेल–लैनचौर–बासबारी हुँदै बूढानीलकण्ठ क्षेत्रमा एउटा बस गुड्नेछ ।

तीनवटै बसका चालक र सहचालक महिला छन् । महिला चालक र सहचालकलाई साझाले यसअघि प्रशिक्षण दिएको थियो । 

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित भन्छन्, “अर्थतन्त्र, वातावरण तथा यात्रु सुविधालाई मध्यनजर गर्दै विद्युतीय परिवहनमा लगानी गरेको क्षेत्रले सार्वजनिक यातायातको ठूलो हिस्सा ओगटेको कारण सरकारले प्राथमिकता दिएको छ । निजी क्षेत्रबाट सार्वजनिक सवारी सञ्चालन गर्ने हो भने सहुलियत ऋण उपलब्ध गराउनु पर्छ ।” 
विजुली बसका लागि ठूलो क्षेत्रफल भएको चार्जिङ स्टेशन आवश्यक पर्ने भएकाले त्यसका लागि जग्गा उपलब्ध गराउन साझाले सरकारसँग अनुरोध गरिसकेको छ । चार्जिङ स्टेशनका लागि सरकारले जग्गा उपलब्ध गराउनुपर्ने साझाको माग छ । 

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन ढिलो भएकाले एशियाली विकास बैंकको सहायतामा लुम्बिनी विकास कोषले भित्र्याउने चारवटा विद्युतीय बस साझा यातायातले केही समय काठमाडौं उपत्यकामा सञ्चालन गर्ने सहमति गरेको थियो । तर, साझाले सञ्चालनमा ल्याएका ती बस सरकारी परीक्षणमा सफल नहुँदा सञ्चालनमा आउन सकेनन् । परीक्षणको २८ दिनमा नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबै कार्य स्थगित गर्नू भन्दै पत्राचार गरेपछि सबै प्रक्रिया रोकिएको थियो ।  

त्यसपछि सरकारले विजुली बस खरिद गर्न साझा यातायात सहकारीमा तीन अर्ब बजेट लगानी गरेको थियो । बस खरिदबारे साझाको विशेषज्ञ टोलिले अनुसन्धान अगाडि बढाएको थियो । १६ महिनापछि सरकारले साझा यातायातलाई ०७७ फागुन २ को मन्त्रालयको पत्र रद्द गर्दै अवरोध हटाएपछि विज्ञ टोलीले काम पपुनः अगाडि बढाएर अन्तर्राष्ट्रिय बोलपत्रद्वारा खरिद प्रक्रिया अघि बढाइएको थियो । 

सुरुआती तीनवटा बस गतवर्ष वैशाख दोस्रो साता काठमाडौं भित्रिएपछि वाग्मती प्रदेश यातायात कार्यालयको विज्ञ टोलीले विस्तृत अध्ययन गरी २०७८ असार २ मा सञ्चालनको स्वीकृती दिएको थियो । 

साझा यातायातका विद्युतीय बस सञ्चालनमा (तस्बिरहरू)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement