site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोनाल्डो युनाइटेडको प्रशिक्षणमा अनुपस्थित
Sarbottam CementSarbottam Cement

काठमाडौं । च्याम्पियन्स लिग खेल्ने चाहनाका कारण म्यानचेस्टर युनाइटेड छाड्ने योजना बनाएका क्रिष्टियानो रोनाल्डो क्लबको ‘प्रि–सिजन’ प्रशिक्षणमा अनुपस्थित भएका छन् ।

सोमबार बिहान नयाँ प्रशिक्षक एरिक टेन ह्यागको नेतृत्वमा क्लबका अधिकांश खेलाडी उपस्थित हुँदा रोनाल्डो पारिवारिक कारण देखाएर प्रशिक्षणमा अनुपस्थित भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पोर्चुगलका फरवार्ड रोनाल्डोले आइतबार मात्र उपयुक्त प्रस्ताव आए युनाइटेड छाड्ने बताएका थिए । उनले त्यसक्रममा आफ्नो अर्को सिजन च्याम्पियन्स लिग खेल्ने चाहना रहेको बताएका थिए । युनाइटेडसँग रोनाल्डोको सम्झैता सकिन अझै एक वर्ष बाँकी छ । 

Global Ime bank

ब्रुनो फर्नान्डेज र राफेल भराने सोमबार बिहान ९ बजे क्लब पुगेका थिए । मार्कुस राशफोर्ड, जाडोन सान्चो, डोनी भान डी विक र आरोन वान–बिसाकाले गत साताबाटै प्रशिक्षण गरेका थिए । 

३७ वर्षीय रोनाल्डो गतवर्ष इटालियन क्लब युभेन्टसबाट ओल्ड ट्राफोर्ड फर्किएका थिए । युनाइटेडमा रोनाल्डो गत सिजन ट्रफीविहीन बने । युनाइटेड गत सिजन च्याम्पियन्स लिगका लागि छनोट हुन नसकेपछि रोनाल्डोको भविष्यबारे अड्कलबाजी गर्न थालिएको थियो । यद्यपि, युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डो आफ्नो योजनाको हिस्सा भएको बताउँदै आएका छन् । 

रोनाल्डोले गत सिजन युनाइटेडबाट सबैखाले प्रतियोगितामा गरेर २४ गोल गरेका थिए । पछिल्लो समय रोनाल्डोको नाम चेल्सी र बायर्न म्युनिखसँग जोडिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय