site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाँचथर पहिरोमा बेपत्ता दुईजनाको शव ३७ घण्टापछि फेला
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

पाँचथर । पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुईजनाको शव ३७ घण्टापछि फेलापरेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७, बिहीदिनका रुपलाल मगरको परिवारका तीनजना बेपत्ता भएका थिए ।

पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रूपलालको शव हिजो बिहान फेलापरेको थियो । रूपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र उनकी भतिजी १९ वर्षीया एलिसा मगरको शव आज बिहान फेलापरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार राति १२ः३० बजेबाट स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले बेपत्ताको खोजी थालेका थिए । स्काभेटरको सहायताले पहिरोमा पुरिएर मृत्यु भएका तीनैजनाको शव निकालिएको हो ।

रूपलालका तीन सन्तानमध्ये जेठी छोरीको विवाह भइसकेको र छोरा र कान्छी छोरी अध्ययनका क्रममा झापामा थिए । पहिरो गएको समयमा रूपलालकै घरमा रहेका उनका काका दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल भएका थिए । घरभन्दा करिब ३०० मिटरमाथिबाट पहिरो आएको स्थानीयवासीले बताएका छन् ।

Global Ime bank

बर्खा लाग्नुअघि नै सम्पन्न हुनुपर्ने सडक निर्माणको कार्य समयमा सम्पन्न नहुँदा पहिरो गएको स्थानीयवासीको भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement