site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘वर्षौँ लम्बिने युद्धमा युक्रेनलाई सहयोग जारी राख्नुपर्छ’ 
Sarbottam CementSarbottam Cement

वासिङटन । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टनवर्गले वर्षौँ लम्बिने युद्धमा युक्रेनलाई निरन्तर सहयोग र समर्थन दिलाउन पश्चिम जगत् तयार रहनुपर्ने बताएका छन् । उनले युद्धको खर्च निकै उच्च रहेको तर मस्कोलाई आफ्नो सैनिक लक्ष्य प्राप्त गर्न दिनु त्यो भन्दा महँगो हुने पनि बताएका छन् । 

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले लामो समयको युद्धका लागि सहयोग गर्नुपर्ने चेतावनी दिएपछि स्टोल्टनवर्गको यो भनाइ सार्वजनिक भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

जोन्सन र स्टोल्टनवर्ग दुवैले थप हातहतियार उपलब्ध गराइएको खण्डमा युक्रेनले युद्ध जित्ने संभावना बढी हुने विचार व्यक्त गरेका छन् ।

जर्मन अखवार बिल्डलाई अन्तरवार्ता दिने क्रममा स्टोल्टनवर्गले भनेका छन्, “युक्रेन युद्ध वर्षौँ लम्बिन पनि सक्ने सत्यका लागि हामी तयार हुनैपर्छ । हामीले युक्रेनलाई दिँदै आएको सहयोग राक्नु हुँदैन । जतिसुकै खर्च लागेपनि सैन्य मात्र होइन उर्जा र खाद्यान्नका भाउ बढिरहेकाले पनि सहयोग गर्नुपर्छ ।”

Global Ime bank

युक्रेनलाई थप अत्याधुनिक हतियार उपलब्ध गराइएको खण्डमा युक्रेनले आफ्नो पूर्वी दोन्बास क्षेत्रलाई मुक्ति दिलाउन सक्ने संभावना बढ्ने उनको भनाइ छ । हाल दोन्बासको अधिकांश क्षेत्र रुसको नियन्त्रणमा रहेको छ ।

केही महिनायता रुस र युक्रेनी फौजबीच पूर्वी युक्रेनका भू–भाग कब्जा गर्न संघर्ष हुँदै आएको छ । 

बेलायती प्रधानमन्त्री जोन्सनले शुक्रबार मात्र युक्रेनको राजधानी किभको भ्रमण गरेका थिए । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  २२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement