site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘नेपालमा युवा उद्यमी बन्न समस्या छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको आए पनि कार्यान्वयनमा चुनौती रहेको युवा उद्यमीहरूले बताएका छन् । हरेक वर्ष सरकारले युवा उद्यमी, स्टार्टअप व्यवसायको लागि विभिन्न कार्यक्रम घोषणा गरे पनि कार्यक्रममा नै सिमित रहेको उनीहरुको गुनासो छ । 

उनीहरुले सरकारको नीति तथा कार्यक्रममा आउने तर कार्यान्वयनमा समस्या रहेको भन्दै यो वर्ष पनि त्यही समस्या दोहोरिनसक्ने आशंका व्यक्त गरे । नेपाल युवा उद्यम संघ ललितपुरका अध्यक्ष राजकरण श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यममैत्री रहेको बताए । न्युज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले स्नातक पास भएका युवालाई प्रमाणपत्र धितो राखेर ऋण दिने,नयाँ उद्यमीलाई सीटीभीटीबाट उद्यमशील तालिम दिने कार्यक्रम ल्याएको बताए । उनले कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या रहेको बताए 

Prabhu Bank
Agni Group
NIC Asia

युवा उद्यमी आभूषणज्योती कंशाकारले सरकारले आगामी वर्षको बजेट एउटा क्षेत्रलाई मात्रै नभइ मिसमास बनाएर ल्याएको बताए । उनले युवा उद्यमी र उद्यमको लागि राम्रो बजेट आए पनि कार्यविधि बनाएर कार्यान्वयन गर्नसके मात्रै राम्रो हुने बताए । कंंशाकारले  सरकारले बजेट ल्याएपछि खर्च गर्न सक्नुपर्ने भन्दै बजेट युवा उद्यमीलाई  देखाउनका लागि राम्रो भए पनि वास्तविकतामा केही नभएको गुनासो गरे । 

उद्योगलाई एक÷दुई महिनाको अध्ययन गरेर युवा उद्यमीको आवाजलाई सम्बोधन गर्नेगरी बजेट नआएको बताए ।  युवाले सोचेको जस्तो सरकारले बनाएको नीतिमा काम गर्न चुनौती रहेको कंशाकारको भनाइ छ । 

Global Ime bank

युवा उद्यमी मनिष थापाले सरकारले २०७१/०७२ सालदेखि युवामैत्री बजेट ल्याउने गरे पनि कार्यविधि बनाएर कार्यान्वयन भने हुन नसकेको गुनासो गरे । उनले ९ वर्षदेखि बजेटमा व्यवस्था गरे पनि युवा उद्यमीको लागि लक्षित स्टार्टअप व्यवसायको कार्यविधि बन्न नसकेको बताए । सरकारले स्टार्टअप भने पनि कार्यविधि बन्न नसक्दा कस्तो व्यवसायलाई स्टार्टअप भन्ने यकिन नभएको बताए । 

उद्यमी थापाले सरकारले २५ लाखसम्म बिनाधितो कर्जा दिने कार्यक्रम ल्याएको भए पनि राष्ट्र बैंक र बैंकहरुले कार्यान्वयन गर्न कार्यविधि बन्न नसकेको बताए । नेपालमा युवा उद्यम क्षेत्रमा लाग्न लगानीको खाँचो भए पनि बैंकमा लगानीको लागि धितो आवश्यक भएकाले युवा उद्यमी बन्न समस्या रहेको बताए । 

युवा तथा महिला उद्यमी निकिता राजभण्डारीले आगामी वर्षको बजेटमा नयाँ स्टार्टअप व्यवसायको लागि प्रोत्साहन गर्ने कार्यक्रमहरु ल्याउनु युवा उद्यमीको लागि प्रोत्साहन मिलेको बताइन् । उनले सरकारले स्टार्टअप व्यवसायमा विदेशी लगानी धेरै ल्याउन पाउने व्यवस्था बनाएर लगानी ल्याउन पाउने सीमा कम गर्नु पर्नेमा उनको जोड छ । उद्यमी भण्डारीले महिलालाई उद्यमशील बनाउन विभिन्न आरक्षण ल्याउनु आवश्यक रहेको बताए । 

उद्यमी राजभण्डारीले उद्यमी बन्न चाहने महिला तथा युवाको क्षमता विकास, सीपमुलक तालिमको व्यवस्था सरकारले गर्नुपर्ने बताइन् । उनले अब शिक्षण सिकाई प्रक्रियाबाट नै परिर्वतन ल्याएर विद्यालयको पाठ्यक्रममा नै उद्यमशीलता अध्यापन गराउनु पर्ने धारणा राखिन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय