site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानका चर्चित टीभी पत्रकार हुसेनको निधन
Sarbottam CementSarbottam Cement

इस्लामावाद । पाकिस्तानका लोकप्रिय टेलिभिजन प्रस्तोता आमिर लियाकत हुसेनको ५० वर्षको उमेरमा निधन भएको छ । 

हुसनेलाई कराँचीस्थित उनकै निवासमा अचेत अवस्थामा भेटाइएपछि तत्काल अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालमा उनलाई मृत घोषित गरियो । 

Prabhu Bank
Agni Group
NIC Asia

टेलिभिजन करियरबाट राजनीतिमा प्रवेश गरेका हुसेन इमरान खानको पीटीआई पार्टीबाट विधायकमा चुनिन सफल भएका थिए । उनको टेलिभिजन करियर विवादित थियो । उनले टेलिभिजन कार्यक्रममार्फत नै निःसन्तानहरूलाई शिशुहरू प्रदान गरेका थिए भने घृणापूर्ण भाषण गरेको भन्दै उनको कार्यक्रम प्रतिबन्धमा पनि परेको थियो । 

स्पष्ट वक्ताको रूपमा रहेका उनको तीनपटक विवाह भएको थियो । सार्वजनिक रूपमा र तिक्ततापूर्ण तरिकाले सम्बन्ध विच्छेद भएकाले पछिल्लो समयमा उनी विवादित बनेका थिए । 

Global Ime bank

उनलाई १८ वर्षीया तेस्रो पत्नी ड्यानिया शाहले गत महिना डिभोर्स दिएकी थिइन् । उनले आफू पति हुसेनबाट घरेलु हिंसामा परेको तथा उनी लागुऔषधको लतमा फसलेकाले डिभोर्स दिएको बताएकी थिइन् ।

त्यसपछि उनी तनावमा रहेको बताइएको छ ।

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  २२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement