site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
तनावका बीच अमेरिका र दक्षिण कोरियाको लडाकु विमान प्रदर्शनी
Sarbottam CementSarbottam Cement

सियोल । कोरियाली प्रायद्वीपमा बढ्दो तनावका बीच दक्षिण कोरिया र अमेरिकी सेनाले म‌ंगलबार दक्षिण कोरियाको पश्चिमी समुद्रमा २० वटा लडाकु विमान उडाएका छन् । 

उत्तर कोरियाले आफ्नो आणविक परीक्षणलाई अगाडि बढाएमा कडा जवाफ दिने चेतावनी एकजना वरिष्ठ अमेरिकी अधिकारीले दिएका छन् । दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले हवाई प्रदर्शनीमा १६ दक्षिण कोरियाली विमान र एफ ३५ ए स्टिल्थ लडाकुसहित चार अमेरिकी एफ १६ लडाकू जेट समावेश गरिएका बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उत्तर कोरियाको उत्तेजनाको जवाफ दिन आफ्नो पनि सैन्य क्षमता प्रदर्शन गरिएको हो । आजको प्रदर्शनी उडान उत्तर कोरियाले गतसाता गरेको क्षेप्यास्त्र प्रदर्शनको प्रत्युत्तर हो । उत्तर कोरियाले चाँडै नै शक्ति बढाउन सक्ने अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् । उत्तरपूर्वी शहर पुंगेरिमा रहेको आणविक परीक्षण मैदानमा अर्काे परीक्षण गर्न प्योङयाङ तयार रहेको छ । 

सन् २०१७ को सेप्टेम्बरमा उसले अन्तर महाद्वीपीय क्षेप्यास्त्रका लागि डिजाइन गरिएको थर्मोन्युक्लियर बम विस्फोट गरेको दाबी गरेको थियो । उत्तर कोरियाले लामो समयदेखि अमेरिका र कोरियाको संयुक्त सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा व्याख्या गर्दै निन्दा गरेको छ । उत्तर कोरियाको पछिल्लो प्रक्षेपण पछि संयुक्त राज्य अमेरिकाले जापान र दक्षिण कोरियासँग स्परेट संयुक्त मिसाइल अभ्यासहरू सञ्चालन गरेको छ  । 

Global Ime bank

वासिङटन र प्योङयाङबीचको आणविक वार्ता उत्तरको निःशस्त्रीकरणका कदमका लागि अमेरिकी नेतृत्वमा लगाइएका कडा प्रतिबन्धको फुकुवामा असहमति हुँदा सन् २०१९ देखि अवरुद्ध भएको छ । राष्ट्रपति किमले आर्थिक समस्याका बाबजुद आफ्नो परीक्षण गतिविधिलाई बढाएका छन् । उनले अमेरिकासमक्ष आत्मसमर्पण नगर्ने अडान त्यागेका छैनन् । 

उत्तर कोरियाली सरकारले वार्ताका लागि बाइडेन प्रशासनले गरेको प्रस्तावलाई लचिलो भएर स्वीकार गरेको छैन भने निष्क्रिय निःशस्त्रीकरण वार्तालाई पारस्परिक हतियार घटाउने प्रक्रियामा रूपान्तरण गर्ने स्पष्टरूपमा मनसाय नराखेको जानकारहरूले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement