site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जर्मनीमा बियरको बोतलकाे चरम अभाव हुने चेतावनी 
Sarbottam CementSarbottam Cement

बर्लिन । जर्मनी ब्रुअरीहरूले उत्पादन मूल्य बढ्नु र लरी चालकको कमी हुँदा आगामी गर्मी याममा बियरको बोतल अभाव हुनसक्ने चेतावनी दिएका छन् । 

जर्मन ब्रुअरी महासंघका कार्यकारी अध्यक्ष होल्गर इचेलेले जर्मन अखबार बिल्डलाई भने, “अवस्था निकै तनावपूर्ण छ । ट्रक ड्राइभरहरूको अभावको कारण बियर बोतल आपुर्ति गर्न पनि निकै गाह्रो हुनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

एकजना उद्योग विज्ञले काँचको बोतलको अभावले विशेष गरी साना तथा मझौला ब्रुअरीहरू प्रभावित हुने बताएका छन् । ब्रुअरीहरूले गत वर्षको तुलनामा अहिले नयाँ काँचको बोतलका लागि ८० प्रतिशत बढी पैसा तिरिरहेका छन् । साथै, बियरको मूल्य पनि बढिरहेको छ । 

“बियरको बोतल अभाव हुनुको कारणहरूमध्ये एक उर्जाको मूल्यवृद्धि हो । यसले काँचको बोतल उत्पादन खर्च बढाइदिएको छ । गतवर्षको तुलनामा बोटलको मूल्य दोब्बर भएको छ,” काँच उद्योगका एकजना प्रवक्ताले बिल्डलाई भने । 

Global Ime bank

उर्जाको मूल्य वृद्धि भएकाले बियरको मूल्य चाँडै तीस प्रतिशतले वृद्धि हुनसक्ने अनुमान गरिएको छ । 
बोतल उद्योगहरूले सबैभन्दा पहिले आफ्नो उत्पादन ठूला बियर कम्पनीहरूलाई उपलब्ध गराउने भएकाले साना कम्पनीहरू मारमा पर्ने बताइएको छ । जर्मनीमा ग्लास बियर बोतल निकै चलनचल्तीमा छ । यस्ता बोतल थोरै पैसा ‘डिपोजिट’ राखरे बेचिन्छन् । जसले गर्दा अर्को पटक किन्न आउँदा ग्राहकहरूले बोतल फर्काउने अपेक्षा गरिएको हुन्छ ।

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ०२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement