site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
स्विडेन र फिनल्यान्डलाई सुरक्षा सहयोग गर्ने बेलायतको आश्वासन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

स्टकहोम । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले स्विडेन र फिनल्यान्डलाई अघि सारेको आपसी सुरक्षा आश्वासनले कसरी युरोपेली प्रतिरक्षाको आकार फैरिँदैछ भन्ने देखाउने छन् । ती दुवै मुलुकले नेटोको सदस्यता लिन आवेदन दिनेबारे सोच्दैछन् ।

बेलायतले अहिले दुवैलाई सैनिक समर्थन गर्ने प्रस्ताव राखिरहेको छ । यो नेटोका सदस्यहरूले एकले अर्कालाई दिने वैधानिक र स्वचालित सुरक्षा ग्यारेन्टी जस्तो भने होइन । यदि, स्विडेन र फिनल्यान्डमा आक्रमण भएको खण्डमा दुवै मुलुकका सशस्त्र फौजलाई सहयोग गर्ने वेलायतको राजनीतिक घोषणा हो ।
 
प्रधानमन्त्री जोहन्सनले यो सहयोग अल्पकालीन नभई दीर्घकालीन हुनेमा जोड दिएका छन् । तर, यदि स्विडेन र फिनल्यान्डले नेटोमा प्रवेश गर्न आवेदन दिएको खण्डमा आगामी महिनामा वेलायतको सहयोग र समर्थन महत्त्वपूर्ण हुनेछ ।
 
यी दुई मुलुकले पश्चिमी जगतको पूर्ण सुरक्षा ग्यारेन्टी पाइनसकेकाले आवेदन दिनु र सदस्य बनिसक्नुबीचको अवधि अनिश्चित हुन सक्छ । पत्रकार सम्मेलन दौरान यदि आवेदन दिइसकेको तर स्वीकार नभइसकेको ‘ग्रे जोन’ अवस्थामा स्विडेनलाई सहयोगको आवश्यकता परेको स्थितीमा के हुन्छ भनेर सोधिएको प्रश्नमा जोहन्सनले भनेका छन्, “स्विडेनको नेटो सदस्यता र त्यसमा आवद्ध हुनेबारे छुट्टै वार्ता भइरहेको छ । स्विडेनले अझै नेटोमा जाने वा नजाने भन्नेबारे निर्णय गर्न बाँकी नै छ ।” बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  २०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement