site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिटी र लिभरपुल विजयी, उपाधि होड अझ रोमाञ्चक
Sarbottam CementSarbottam Cement

काठमाडौं । साविक विजेता म्यानचेस्टर युनाइटेड र लिभरपुल दुबैले शनिबारको खेल जितेपछि इङ्लिस प्रिमियर लिगको उपाधि होड अझै रोमाञ्चक बन्दै गएको छ । लिगमा अब १२ अंकको खेल बाँकी छ । सिटी र लिभरपुलको दुरी एक अंकको मात्र छ । 

शनिबार राति लिभरपुलले न्युक्यासलाई १–० ले हरायो । च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगमा भियारियालविरुद्ध खेल्न लागेको लिभरपुलले केही खेलाडीलाई आराम दिएको थियो । तर,  महत्त्पूर्ण तीन अंक जोड्न सफल भयो । र शीर्ष स्थानमा उक्लियो । लिभरपुल चार घन्टामात्र शीर्ष स्थानमा रहन सक्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

लगत्तै भएको अर्को खेलमा सिटीले लिड्सलाई ४–० ले हराउँदै पुनः शीर्ष स्थानमा उक्लियो । सिटीले लिभरपुललाई एक अंकले पछाडि पार्यो । सिटीले ३४ खेलबाट ८३ अंक जोडेको छ भने लिभरपुलले समान खेलबाट ८२ अंक जोडेको छ । 

‘‘हामीले आज गोल अन्तर पनि बढाएका छौं,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘‘मलाई थाहा छैन यसको फाइदा हुन्छ की हँुदैन । तर, यसमा पनि हामी अगाडि हुनुपर्छ । अब न्युक्यासल, उल्भरह्याम्पटन, वेष्ट ह्याम र एष्टन भिल्ला बाँकी छन् । हामीलाई थाहा छ की अब के गर्नुपर्छ भनेर । हामीसँग एकमात्र विकल्प छ । त्यो हो जित्ने र च्याम्पियन बन्ने । बराबरी खेल्यौं भने लिभरपुल च्याम्पियन हुनेछ ।’’

Global Ime bank

सिटीले १३औं मिनेटमै रोड्रीको गोलबाट अग्रता लिएको थियो । ५४औं मिनेटमा नाथन एकेले अग्रता दोब्बर बनाए । ७८औं मिनेटमा गाब्रियल जिससले तेस्रो गोल गरे भने इन्जुरी समयमा फर्नान्डिन्होले चौथो गोल थपे । 

सिटी र लिभरपुल दुबै च्याम्पियन्स लिग सेमीफाइनल दोस्रो लेग खेल्नका लागि स्पेनको भ्रमणमा निस्कदैछन् । सिटीले स्पेनिस ला लिगा विजेता रियाल मड्रिडविरुद्ध खेल्नेछ । लिभरपुलले भियारियालविरुद्ध खेल्नेछ । सिटीले पहिलो लेग ४–३ ले जितेको थियो भने लिभरपुल २–० ले विजयी भएको थियो । 

न्युक्यासलविरुद्ध लिभरपुललाई जिताउन १९औं मिनेटमा नाबी केइटाले गरेको गोल निर्णायक बन्यो । 

अन्य खेलमा एष्टन भिल्लाले नर्विच सिटीलाई २–० ले हरायो । हारसँगै नर्विच रेलिगेशनमा परेको छ । क्रिष्टल प्यालेसलले साउथह्याम्पटनलाई २–१ ले हरायो । बर्नलीले वाटफोर्डलाई २–१ ले हरायो भने ब्राइटनले उल्भरह्याम्पटनलाई ३–० ले पराजित गर्यो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement