site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गभर्नर मुद्दाको सुनुवाइ आज
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदै छ । गएको मंगलबार सुनुवाइ नसकिएकोले ‘हेर्दाहेर्दै’मा रहेको रिट निवेदनको सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समयाभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । गभर्नर अधिकारीले बिनाकारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै यही वैशाख ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको चैत्र २५ गते मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । समिति गठनसँगै उनी स्वतः निलम्बनमा परेका थिए ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका थिए ।

Global Ime bank

अल्पकालीन अन्तरिम आदेशलाई निरन्तता दिँदै अन्तरिम आदेश भएमा अधिकारी राष्ट्र बैंकमा आफ्नो कार्यकालभर काम गर्ने गरी रहनेछन् । अन्तरिम नभएर अल्पकालीन अन्तरिम आदेश खारेज भएमा भने अधिकारी पदमुक्त हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement