site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सातौँ कृषि गणना सुरु, ८६ करोड रुपैयाँ खर्च हुने अनुमान
Sarbottam CementSarbottam Cement

काठमाडौं । सातौँ राष्ट्रिय कृषि गणना सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।

विभागकाअनुसार गत वैशाख ६ गतेबाट कृषि गणना कार्य सुरु भएको छ । जेठ मसान्तसम्म तथ्यांक संकलन गरिने विभागले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कृषि गणना कार्य तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्यांक उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन गरिएको कृषि तथा पशु गणना विभागका निर्देशक डा. महेशकुमार सुवेदीले जानकारी दिए । उनले गत दुई वर्षयता कृषि गणनाको तयारी थालेको र वैशाख ६ गतेबाट कृषि गणना सुरु गरेको बताए ।

निर्देशक सुवेदीले काठमाडौं ललितपुर र भक्तपुरको हकमा शुक्रबारदेखि मात्रै गणना कार्य सुरु हुने जानकारी दिए । उनले कृषि गणनाको प्रारम्भिक नतिजा मंसिर अन्तिमसम्म गर्ने र असार मसान्तसम्म सम्पूर्ण संकलित फारमहरू केन्द्रमा ल्याइसक्ने पनि बताए ।

Global Ime bank

निर्देशक सुवेदीले अहिलेसम्म कृषि गणनाका लागि पाँच करोड खर्च भइसकेको र यस वर्ष गणनाको मुख्य समय भएकोले ७२ करोड खर्च हुने अनुमान गरिएको बताए । त्यस्तै अर्को वर्ष डेटा इन्ट्री, प्रकाशनका लागि लगभग करिब ९ करोड रुपैयाँ गरी कुल कृषि गणनाका लागि ८६ करोड रुपैयाँ खर्च हुनसक्ने आकलन गरिएको बताए । 

 

वि.सं. २०१८ सालदेखि हरेक १०/१० वर्षमा कृषि गणना गर्ने गरिन्छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  २२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement