site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीन-साेलाेमाेन सुरक्षा सम्झाैता : अष्ट्रेलिया, न्यूजिल्याण्ड र अमेरिका चिन्तित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बेइजिङ । चीनले सोलोमोन टापुसँग यसै साता एउटा सुरक्षा सम्झौता गरेपछि अष्ट्रेलिया, न्यूजिल्याण्ड र अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन् । उक्त सम्झौताले सोलोमोनमा चीनले नौसैनिक अखडा निर्माण गर्न सक्ने चिन्तालाई बढावा दिएको छ । 
अष्ट्रेलियाले सो सम्झौता रोक्न गरेको प्रयासलाई सोलोमन टापुले अस्वीकार गरेको थियो । अष्ट्रेलिया सोलोमोन टापुलाई सबैभन्दा धेरै अनुदान दिने दातृ मुलुक हो ।  
यसैबीच, सोलोमोनका प्रधानमन्त्री मानास्सेह सोगाभारेले यस सम्झौताले क्षेत्रीय शान्ति र सौहार्दतामा कुनै आँच नपुग्ने बताएका छन् । सम्झौताको उद्देश्य परम्परागत गठबन्धन तर्फ लक्षित नरहेको उनको भनाइ छ । 
सोगाभारेले आन्तरिक सुरक्षा परिस्थितिका लागि सम्झौता गरिएको पनि प्रष्ट पारेका छन् । 
तर उनले सम्झौताका सर्तहरु सार्वजनिक गरेका छैनन् । 
सम्झौताको चुहिएको एउटा दस्तावेजको आधारमा अष्ट्रेलियाली सरकारले अबदेखि चीनले त्यहाँ युद्धपोत रोक्न पाउने र सामाजिक सुरक्षा कायम राख्न सहयोग पुर्याउन बेइजिङले सुरक्षा फौज त्यहाँ पठाउन पाउने जनाएको छ ।  
बीबीसीबाट । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ०४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय