site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बायर्नलाई स्तब्ध बनाउँदै भियारियाल सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । जब रेफ्री स्लाभको भिनसिचले अन्तिम ह्विसल बजाए । बायर्न म्युनिखका सुपरस्टार खेलाडीहरु एकाएक मैदानमा ढले । ठीक विपरित भियारियालको बेन्चमा भएका खेलाडी भने दौडदै मैदानमा भएको सहकर्मीको अंगालोमा बेरिन पुगे । जसले ६ पटकको युरोपियन च्याम्पियन बायर्नलाई स्तब्ध बनाइदिएका थिए । 

स्पेनिस ला लिगाको क्लब भियारियालले मंगलबार राति च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा बायर्नसँग १–१ को बराबरी खेलेपछि सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । भियारियालले पहिलो लेगमा बायर्नलाई १–० ले हराएको थियो । यससँगै भियारियालले समग्रमा २–१ को नतिजा निकाल्दै २००६ पछि च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । 

यता, बायर्नको रंशगालमा जति दर्शक स्तब्ध बने, उता स्पेनको भियारियाल सहरभर त्यति नै समर्थक खुसी भए । दंग परे, टिमको सफलतामा । किनभने भियारियाल सहरभर ५० हजार जनसंख्या छ । जबकी बायर्नको घरेलु रंगशाला एलिनाज एरिनामा ७५ हजार दर्शक अट्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘हामी सानो सहरबाट आएका हौं । तर हाम्रा खेलाडी बलियो प्रदर्शन गर्छन्,’’ भियारियालका प्रशिक्षक उनाई इमिरेले भने । 

गएराति घरेलु टोली बायर्नले रोबर्ट लेवनडोवस्कीको गोलबाट ५२औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि बायर्नले पाएको अन्य मौकालाई गोलमा परिणत गर्न सकेन । खेल सकिन दुई मिनेट बाँकी हुँदा पाहुना टोलीका सामुयल चुकेवुइजले गोल गरेपछि बायर्न स्तब्ध बन्न पुगेको थियो । 

Global Ime bank

‘‘उनीहरुले सुरुमै थप गोल नगरेर गल्ति गरे । त्यसको फाइदा हामीले उठायौं,’’ भियारियालका स्ट्राइकर जेरार्ड मोरेनोले भने । भियारियाल घरेलु लिगमा संघष गरिरहेको छ । इमिरेको टिमले लिगको शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा स्थान बनाएको होइन । भियारियालले युरोपा लिगको उपाधि जितेर च्याम्पियन्स लिगमा आएको हो । गत सिजन भियारियालले सातौं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । 

भियारियालले २०२१ को युरोपा लिग फाइनलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको थियो । भियारियालले च्याम्पियन्स लिगमा यसअघि अन्तिम–१६ मा इटालियन महारथी युभेन्टसलाई स्तब्ध बनाएको थियो भने गएराति बायर्न बन्यो । 

ठीक विपरित बायर्नले भने घरेलु लिगमा विगत दश वर्षदेखी एकछत्र राज गरिरहेको छ । बायर्नले २०२० मा च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । 

‘‘पहिलो लेगलाई छाडेर आजको मात्र कुरा गर्ने हो भने हामी अघिल्लो चरण पुग्नका लागि सक्षम थियौं,’’ बायर्नका फरवार्ड थोमस मुलरले भने, ‘‘तर यो नतिजा स्विकार्न हामीलाई कठिन भएको छ । अब के भन्ने नै थाहा छैन ।’’


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement