site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने ठोस निर्णय तत्काल आवश्यक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई मन्त्रालयका सचिवहरूले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने ठोेस निर्णय तत्काल आवश्यक रहेको ‘ब्रिफिङ’ गरेका छन् ।

बिहीबार मन्त्रीको पदभारलगत्तै मन्त्रालयमा स्वागत गर्दै सचिव डा. गणेशप्रसाद पाण्डेले विदेशी मुद्राको सञ्चितिमा परेको चाप सबैभन्दा ठूलो चुनौती रहेको बताए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका व्यापार घाटामा चाप बढ्दै गएको र त्यसले अर्थतन्त्रमा असर पुर्‍याइरहेको सचिवहरूले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

नवनियुक्त मन्त्री बडूले मन्त्रालय मुलुकको अर्थतन्त्र र उपभोक्तासँग सिधै जोडिएको मन्त्रालय भएकाले मन्त्रालयको जिम्मेवारी महत्त्वपूर्णसँगै चुनौतीपूर्ण सधैँ भइरहने उल्लेख गरे । कोभिड–१९ पछि अर्थतन्त्र चलायमान हुँदा आयात निर्यातको खाडलमा वृद्धि आएको उनको भनाइ छ । अर्थतन्त्रमा देखिएको समस्या सबै मिलेर समाधान गर्न सकिने उनले बताए ।

“आयात र निर्यातको तादम्यता मिलाउन नसके चुनौती बढ्नेछ,” उनले भने, “टिमवर्क, एकता र प्रतिबद्धतासहित काम गर्दा चुनौतीलाई अवसरमा परिणत गर्न सकिन्छ ।”

Global Ime bank

जिम्मेवारसहित काम गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै उनले आफूले अभिभावकत्वको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement