site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रियालका प्रशिक्षक एन्सेलोट्टीलाई कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई कोभिड–१९ संक्रमण भएको छ । रियाल मड्रिडले बुधबार आधिकारिक वेव साइटमा एन्सेलोट्टी कोभिड–१९ संक्रमित भएको जनाएको छ । 

रियालले त्यसबाहेक प्रशिक्षक एन्सेलोट्टीको बारेमा केही खुलाएको छैन । रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा छ । रियालले दोस्रो स्थानको सेभियालाई ९ अंकले पछाडि पारेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

रियालले ला लिगामा अब शनिबार राती सेल्टाभिगोसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा प्रशिक्षक एन्सेलोट्टी अनुपस्थित हुने भएका छन् । त्यस्तै चेल्सीविरुद्ध च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा पनि एन्सेलोट्टी अनुपस्थित हुने भएका छन् । रियाल चेल्सी भ्रमणमा निस्कनेछ । 

रियाल पछिल्लो खेलमा चीर प्रतिद्वन्द्वी बार्सिलोनासँग घरेलु मैदान सान्टियागो बेर्नाबेउमै ४–० ले पराजित भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement