site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्री कार्की भन्छन्– आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छ 
Sarbottam CementSarbottam Cement

इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् ।  

सुनसरीको सदरमुकाम इनरुवामा शनिबार उनले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा मात्र गठबन्धन हुने बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले धेरै ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा हुने उल्लेख गर्दै जुन ठाउँमा आवश्यकता र औचित्य हुन्छ, त्यस ठाउँमा मात्र गठबन्धन हुने बताए । उनले भने, “विगतका कमीकमजोरीलाई सच्याउँदै साथीहरुसँगको सल्लाह सुझावका आधारमा आवश्यकता र औचित्यको आधारमा गठबन्धन हुन्छ ।”  

मन्त्री कार्कीले विकास विनाको राजनीतिले देश र समाजको रुपान्तरण हुन नसक्ने उल्लेख गर्दै अहिले मुलुकको आवश्यकता विकास निर्माण, सुशासन, कानुनी शासनको प्रत्याभूति हो, त्यसका लागि गठबन्धन निर्माण भएको बताए ।  

Global Ime bank

उनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तरिकाले तोकिएकै मितिमा सम्पन्न हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरे । मन्त्री कार्कीले भने, “स्थानीय तहको निर्वाचन वैशाख ३० गते शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित किसिमले उत्साहपूर्ण रुपमा सम्पन्न हुन्छ ।” रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement