site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश १ मा १७,८३१ म्यादी प्रहरीका लागि आवेदन खुला
Sarbottam CementSarbottam Cement

विराटनगर । स्थानीय चुनावमा अन्य सुरक्षाकर्मीसँगै परिचालन गर्न प्रदेश नम्बर एकमा १७ हजार ८३१ जना म्यादी प्रहरीको आवेदन खुला भएको छ । 

प्रदेश राजधानी विराटनगरस्थित प्रदेश एक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार प्रदेशभरका १४ जिल्लामा आवेदन खुला गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले म्यादी प्रहरीमा भर्ना हुन चैत ११ गतेसम्म आवेदन दिन सकिने जानकारी दिइ ।

Prabhu Bank
Agni Group
NIC Asia

सबैभन्दा धेरै मोरङमा ३ हजार २७ जना म्यादी प्रहरी छनोट गरिने छ । आइतबारबाट नै आवेदन दिनेको ठूलो घुइँचो देखिएको छ ।

राईकाअनुसार चैत १३ गतेबाट म्यादी प्रहरीको छनोट प्रक्रिया सुरु हुनेछ । कार्यालका अनुसार झापामा २ हजार ७ सय ६४, सुनसरीमा २ हजार १ सय ४३, खोटाङमा १ हजार १ सय ४७, इलाममा १ हजार १ सय ९, पाँचथरमा ९ सय १९, उदयपुरमा ९ सय ५, धनकुटामा ८ सय ६१, सोलुखुम्बुमा ७ सय ९९, भोजपुरमा ७ सय ४९, ताप्लेजुङमा ६ सय ४७, ओखलढुंगामा ५ सय ६१, तेह्रथुममा ३ सय ९९ जनाले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिन सक्नेछन् । 

Global Ime bank

म्यादी प्रहरीलाई निर्वाचनको समय करिब ४० दिन खटाइने छ । उनीहरूले रु. ३० हजार २ सय ४० रुपैया पारिश्रमिक प्राप्त गर्नेछन् । सो कार्यदिनका लागि राशन भत्ताबापत ७ हजार २ सय र पोसाक भत्ता ६ सय रुपैयाँ पनि प्राप्त गर्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय